रफाह क्रसिङ्ग पुनःखोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ

आजभोलि

रामल्लाह । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम गर्ने तयारी अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रपतिले प्यालेस्टिनी पक्ष सन् २००५ मा क्रसिङ्गको व्यवस्थापनका लागि हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत रफाह क्रसिङ्ग पुनःखोल्न तयार रहेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले जनाएको छ ।

युरोपियन युनियन (ईयू)को विदेश नीति प्रमुख, जोसेप बोरेलको बयानको प्रतिक्रियामा ईयूले रफाहमा आफ्नो सीमा सहायता मिसन पुनःसक्रिय गर्न सहमत भएको घोषणा गरेको थियो ।

बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा सीमा मिसनको पुनःउत्थानका लागि इजिप्ट, प्यालेस्टाइन र इजरायलको समर्थन आवश्यक पर्ने बताएका छन् ।

इजरायली सेनाले गाजा नियन्त्रणमा लिएदेखि गाजामा सहायताका लागि मुख्य प्रवेश बिन्दु रफाह क्रसिङ्ग लगभग तीन हप्तादेखि बन्द भएको समयमा बोरेलको यस्तो बयान आएको हो ।

युरोपेली सङ्घद्वारा सन् २००५ मा रफाहमा तैनाथ गरिएको सीमा सहायता मिसनले प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनद्वारा गाजा  नियन्त्रण गरेपछि सन् २००७ देखि स्थगित गरेको थियो ।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !