सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा महानगरको ताला

आजभोलि

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउदै ताला लगाएको हो ।

यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो । महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरुले व्यवसायीक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीति अनुसार ताला लगाएको जानकारी दिए । महानगरभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गरिने र

उक्त स्थानलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने उनले बताए । यसअघि महानगरले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको थियो ।

 

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !