काठमाडौँ । आज २०८१ साल साउन २८ गते सोमबार । सन् २०२४ अगष्ट १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमाबार अमेरिकी डलर स्थिर रहेको छ भने युरो घट्दा बेलायती पाउण्डको विनिमयदर बढेको छ । कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०८ पैसा र बिक्री दर १७१ रुपैयाँ ८४ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।