काठमाडौं । आज २०८१ साल भदौ १३ गते बिहीबार । सन् २०२४ अगष्ट २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर बढ्दा यूरो र बेलायती पाउण्ड घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४९ रुपैयाँ १२ पैसा र बिक्री दर १४९ रुपैयाँ ७८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १३ पैसा र बिक्री दर १७७ रुपैयाँ ९२ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।