काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज सैनिक मञ्च टुँडिखेलमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएकाे छ । विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियाे । यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समारोहमा उपस्थित हुनुहुन्थयाे । समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विशिष्ट पाहुनाहरुको उपस्थिति थियाे । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियाे भने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतले विशेष झाँकी प्रस्तुत गरेका थिए ।