देउवा र ओलीबीच बैठकमै जुहारी

आजभोलि

काठमाडौं । सरकारले घोषणा गरेको चुनावको मिति, संसद्मा रहेको संविधान संशोधन विधेयक र स्थानीय तहको संख्याका विषयमा छलफल गरी निष्कर्षमा पुग्न सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्री च्रचण्डले बताए । केही ढिला पुगेका एमाले अध्यक्ष ओलीले बोल्न थालेपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बीच-बीचमा धारणा राखेका थिए । ओली देउवाबीच निकै चर्काचर्की भएको थियो ।

ओलीले संशोधन प्रस्ताव आफ्नो पार्टीले कुनै हालतमा अगाडि बढाउन नदिने धारणा राखेपछि देउवा झर्किएका थिए । ओलीतिर फर्किंदै देउवाले प्रश्न गरे, ‘त्यसरी कहाँ हुन्छ ? लोकतान्त्रिक प्रक्रिया मानेर अगाडि बढिसकेपछि कुनै विषयलाई प्रक्रियामै जान दिन्नौँ भन्ने पनि हुन्छ र ? यो त तानाशाह भएन र ? यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

ओलीले राष्ट्रहितविपरीत संशोधन प्रस्ताव रहेको धारणा राखेपछि देउवा झन झोक्किए । फतुर आरोप मात्र लगाएर हुँदैन, राष्ट्रहितविपरीत भएको भए देखाउन सक्नुपर्छ । उनले भने, आरोपका लागि आरोप मात्र लगाएर राजनीतिक ट्रयाकलाई बन्धक बनाउनु हुन्न ।

नेतहरूले एकसरो आ–आफ्नो धारणा राखेपछि प्रधानमन्त्रीले बैठक समापन गरेका थिए । ‘सबैका विचारको सम्मान गर्दै हामी अगाडि जानुपर्छ । सम्भवतः अब भोलिको बैठकबाट सहमतिमै संविधान संशोधन प्रक्रिया संसद्मा लैजानुपर्छ, सबैले सहमतिमा आउन सहयोग गरी निर्वाचनको वातावरण बनाउनुपर्छ, त्यसमा पक्ष प्रतिपक्ष नभई अब सबैको सहमति हुने विश्वासमा सरकार छ’, प्रधानमन्त्रीको भनाई थियो

  • ११ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !