लोहनीद्वारा नयाँ पार्टी गठनः ७१ जनाको केन्द्रीय कमिटि

आजभोलि

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गीएका डा. प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी गठन गरेका छन् । उनले आफ्नो अध्यक्षतामा ७१ सदस्यीय कमिटि बनाएका छन् । र, पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) राखेका छन् ।  

नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहनुहुन्छ । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ । पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योलताको अन्त्य र मुलुकको समृद्धिका लागि स्थापना गरिएको स्पष्ट पारेका छन् ।  

आफ्नो पार्टीले हिमाल, पहाड र तराइका जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उहाँले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने बताए ।  धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष लोहनीले आजै पदबहालीसमेत गरेका छन् ।  

  • १६ चैत्र २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !