२ जना भारतीय नागरिक पेस्तोल सहित पक्राउ पछि कारागार चलान

आजभोलि

रौतहट । हात हतियार सहित पक्राउ परेका व्यक्तिहरुलाई पुर्पक्षका लागी कारागार चलान गरेको छ । भारत मोतिहारी जिल्ला महुआही ग्राम वडा न ११ बस्ने सुरेन्द्र दुवेको छोरा वर्ष २७ को रंजनकुमार र सोही निवासी भोला साहको छोरा वर्ष २४ को जलान्धर साह रहेका छन ।

पक्राउ परेका मध्येबाट नल्कटुवा पेस्तोल १ गोली राउण्ड ५ , मेड इन युसए पेस्तोल १ गोली राउण्ड ३ तथा प्लेटिना मोटरसाइकल १ बरामद भएको प्रहरीले जनाएको छ । जिल्लाका मठिया ५ स्थित अवैध हात हतियार,गोली गट्ठा लिएर अपराधिक प्रवृतिका व्यक्तिहरु लुकिछिपि हिडिरहेको छन् भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मठियाको संयुक्त टोली तत्कल त्यस तर्फ परिचालन गरिएको थियो ।

हतियार र गोलीगट्ठा सहित उक्त स्थानमा खटि गएका प्रहरी टोलीले पक्राउ गरी  दाखिला गरेको र निजहरु उपर हात हतियार खर खजाना मुद्धामा म्याद थप गरि अनुसन्धान कार्य सम्पन्न गरी  जिल्ला सरकारी वकिल कार्यालय रौतहट मार्फत श्री जिल्ला प्रशासन कार्यालय रौतहटमा पेश गरिएको जिप्रका रौतहटले जनाएको छ । चैत्र ८ गतेका दिन दिउँसो ३ वजे पक्राउ परेको बताइएको छ ।

  • २८ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !