विन्दवासनी गाउँपालिकाका अध्यक्ष कानु सहितका पदाधिकारीको सपथग्रहण सम्पन्न

आजभोलि

वीरगंज । विन्दवासनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको आज एक समारोहका बिच सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

विन्दवासनी गाउपालिकाको प्रमुखमा संघिय समाजवादी फोरम नेपालबाट श्रीलाल साह कानु (मोदी), उपप्रमुखमा नेपाली कांग्रेसबाट किरन देवी गुप्ता, त्यसैगरी वडा नं.१ को अध्यक्षमा नेकपा एमालेबाट सागिर मिया, वडा नं. २ मा नेकपा एमालेबाट संजय चौहान, वडा नं. ३ मा राजपाबाट सलमा खातुन, वडा नं. ४ मा नेपाली कांग्रेसबाट अनुज कुमार चौरसिया, वडा नं. ५ मा नेपाली कांग्रेसबाट सुकदेव राउत अहिरलाई निर्वाचन अधिकृत ईश्वरी प्रसाद ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

श्रीराधा कृष्ण चौरसिया मावि बहुअर्वाभाठा माविमा निर्वाचन अधिकृत इश्वरी प्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा नवनिर्वाचित गाउपालिकाका अध्यक्ष कानुले वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै अध्यक्ष कानुले सामाजिक सुरक्षा भत्तामा वितरण हुदै आएको रकममा थप ५ सय बृद्धि गर्ने गर्ने, गरिब, असहाय तथा जेहनदार प्रत्येक महिना १ हजारका दरले छात्रवृति दिने, छोरी जन्मेपछि ५ हजार रुपैया गाउपालिकाको खाताबाट उपलब्ध गराउने, शहिद परिवारका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

  • ७ आश्विन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !