छापिने भो छुट्टा छुट्टै मतपत्र

आजभोलि

काठमाडौं । आयोगले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको लागि छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय आज आइतबार गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने निश्कर्षमा निर्वाचन आयोग पुगेको छ । 

तर यसको औपचारिक निर्णय भने आयोगले सोमवार मात्र गर्ने भएको छ । अदालतको आदेश अनुसार आयोगले छलफल गरिरहेको आयोगका प्रवक्ता नबराज ढकालले आजभोलिलाई जानकारी दिए । ‘अदालतको आदेशको कार्यान्वयन गर्नबारे गम्भीर छलफल भइरहेको छ, अदालतको आदेशको मर्म र भावना अनुसारको निर्णय गरेर पत्राचार गर्छौ’ ढकालले आजभोलिसँग भने ।

यसअघि आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि एउटै मतपत्रको व्यवस्था गरेको थियो । प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय भएमा मतदाताले अब तीनवटा मत्रतपत्रमा भोट हाल्नु पर्नेछ । 

आयोगले छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुट्टै दुईवटा मतपत्र र समानुपातिक तर्फको एउटा मतपत्रमा भोट हाल्नु पर्नेछ । 

समानुपातिक तर्फपनि मतदाताले प्रदेश र प्रतिनिधि सभाका लागि छुट्टा छुट्टै भोट हाल्नु पर्नेछ । समानुपातिक तर्फको मतपत्र रातो छ भने प्रत्यक्ष तर्फको मतपत्र सेतो भूईमा हरियो मसीले छापेको हुनेछ ।

  • १२ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !