कहाँ गयो बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधियुक्त क्यामेरा ?

आजभोलि

चितवन र पर्सामा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधियुक्त क्यामेरा हराएका छन् । बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका स्वचालित क्यामेराहरु हराएका हुन् ।

कतिपय क्यामेरा तस्करले लगेको पाइएको छ भने कतिपय वन्यजन्तुले फुटाएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।पर्सा क्षेत्रको पहिलो ब्लकबाट ३४ वटा क्यामेरा हराएका छन् । यस्तै दोस्रो ब्लकबाट २६ र तेस्रो ब्लकबाट सातवटा क्यामेरा हराएको अर्यालले जानकारी दिए ।त्यस्तै २५ वटा क्यामेरा वन्यजन्तुले फुटाएको र ४० वटा क्यामेरा तस्करले लगेको हुनसक्ने अर्यालले बताए ।

१४ मंसीरदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा ब्लक छुट्याएर दुर्लभ पाटे बाघको गणना भइरहेको छ । जहाँ करीब ६०० वटा क्यामरा प्रयोग भएका छन् ।हराएको स्थानमा तत्कालै नयाँ क्यामरा राख्ने गरिएकाले गणनामा प्रभाव नपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताए ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईका अनुसार अहिले चितवन र पर्सामा बाघको गणना अन्तिमतिर पुगेको छ । यसपटक सामुदायिक वन क्षेत्रमा समेत बाघ गणना भएकाले सर्वसाधारणको पहुँच हुने हुँदा क्यामेरा हराउने क्रम बढेको छ । अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको छ ।

यसअघि सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको तथ्यांक छ । रासस

  • १२ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !