फ्रान्स बन्यो विश्व च्याम्पियनः क्रोएसिया स्तब्ध

आजभोलि

काठमाडौं । रुसमा जारी विश्व कप फुटबलको फाइनलमा खेलमा फ्रान्स विजय भएको छ । विजयसँग फ्रान्स विश्व च्याम्पियन बनेको हो । आज भएको खेलमा फ्रान्सले क्रोएसिया लाई ४२ ले पारजित गरेको हो । यो सँगै उपविजेता क्रोएसिया बनेको छ ।

खेलको सुरुवातमै क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता बनाएको थियो । खेलको १७ औँ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फा्रन्सले गोलमा परिणत गर्न सफल भएको हो ।

खेलको २८ औँ मिनेटमा गोल क्रोएसिया खेलमा फर्किएको थियो । लुका मोर्डिचले हानेको फ्रि किक बललाई फ्रान्सको डि बक्स भित्र अल्मलिएको अवस्थामा इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

डी बक्स भित्र हेन्ड भएको भन्दै अर्जेन्टाइन रेफ्री पिटानाले भिडियो एसिस्टेन्स रेफ्री ९भीएआर० को सहयोगमा पेनाल्टी दिएपछि खेलको ३८ औँ मिनेटमा फ्रान्सले २–१ को अग्रता बनायो ।

उसका लागि खेलको ५९ औँ मिनेटमा पल पोग्बाले अर्को गोल थपे । पहिलो पटक हानेको बल डी एरियाबाट राम्ररी क्लियर नभएको अवस्थामा दोस्रो प्रहारमा पोग्बाले जाली चुमाउँदै अग्रता ३–१ बनाए ।

६५ औँ मिनेटमा १९ वर्षीय स्ट्राइकर एम्बाप्पेले उत्कृष्ट गोल गर्दै अग्रता ४–१ मा पु¥याए ।

फ्रान्सले यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको थियो ।

  • ३१ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !