३ छोराछोरी सहित आमाले सेतीमा फालिन

आजभोलि

डोटी । तीन जान छोराछोरी सहित आमाले सेतीमा हाम फालेको समचार बाहिर अएको छ । डोटीको आर्दश गाउँपालिका बस्ने धौली बोहरारले छोराछोरी सहित सेती नदिमा हाम फालेको गाउँलले बताएका छन् ।

शनिबार बिहानमात्र धौलीका श्रीमानसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि घटनाका बारेमा जानकारी आउने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उनका ६ वर्षका छोरा सुनिल भेटिएको र अरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

उनका श्रीमान बमबहादुर बोहरा १५ दिन अघि मात्र भारतबाट घर फर्केको जनाइएको छ । धौली बोहारको मानसिक अवस्था विग्रेको स्थानीय बासिन्दाले बताए । उनले असामानइ व्यवहार गर्न थालेको लगभग एक बर्ष भन्दा बढी भएको स्थानीयले जानकारी दिए।

२८ वर्षिया धौली बोहराले हमफूसँग् १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिया छोरा सुरेन्द्र बोहरा र ६ वर्षिया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको स्थानीयले बताए ।

घटना साउन १ गते साँझ भएको भए पनि प्रहरीलाई ढिला गरी साउन ३ गते बेलुकी मात्र जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक लालबहादुर धामीले जानकारी दिए।

घटनाको कारण के हे भनेर प्रहरीले खोजी कार्य तथा अनुसन्धान जारी राखेको जनाएको छ ।

  • ५ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !