काठामाडौँ । नेकपा(एमाले)एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।