दिनेश र सिमाको मौलिक तिज कोशेली ‘पाउजु बरिलै….'(भिडियो सहित)

आजभोलि

बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली ‘पाउजु बरिलै…’ भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ ।

रकेश वलीको संगित संयोजनमा तयार भएको यस गितको भिडियो बिक्रम चौहानले निर्देशन गर्नुभएको छ । प्रकाश खड्काको छयांकन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको यस गितको भिडियोमा मोडल ऋतु तामाङ्ग र दिनेश थापाको नृत्य÷अभिनय निकै जमेको देखिन्छ । गोर्खा चौतारी म्युजिक प्रा। लि। ले बजार ब्यवस्थापन गरेको यस गितमा उमेर पुगेकी दिदी र भाई बिचको ठट्टौली शब्द शमेटिएको छ ।

अहिलेको जमानामा केटा आफै रोजे पनि बाबु–आमासँग सल्लाह नगरि भागेर नजाने गित मार्फत गायिका सिमाले भाईलाई बतायकी हुन । कार्यक्रम सञ्चालनमा उत्तिकै मृदुल भाषि र माहिर दिनेशले थुप्रै गित गायन र अभिनय गरेका छन् । बोलि नफेर, पानी मिठो कलकल, ए है लालि जोबन, पापिनिकै तस्विर बोल्याछ जस्ता अन्य गित गाईसकेका दिनेश थापाले नेपाली सिनेमा जगतका प्रखर नायिका मेलिना मानन्धर, झरना थापा लगाएतका धेरै नायिका/मोडल सँग अभिनय गरि ख्याति कमाईसकेका छन् ।

मेरो रुपैले पोखरामा, लचक्कै कम्मर, सुन्तला रस, बोलि नफेर, पानी मिठो, गोलि ठोक्नु पर्ने, साँझ परेसि रोधिमा, यो दशैको मेला, त्यो सुन्दर गाँउैmमा, पिउँदा पिउदै जिवन, आधि गाग्रो छल्किन्छ जस्ता करिब पाँच दर्जन भन्दा बढि म्युजिक भिडियो अभिनय गरिसकेका थापाले काठे दोहोरी सालको पात टपरि दुना बाट अझ बढि दर्शकको माया बटुलेका छन् ।

विभिन्न उत्वस तथा महोत्सवमा व्यस्त दिनेश थापा नाच्न गाउँनका अलवा प्रखर कार्यक्रम उद्घोषक पनि हुन । यो तिज कोशेली ‘पाउजु बरिलै…’ ले सर्वा्धिक चर्चा र सफलता पाओस हाम्रो शुभकामना छ ।

 

  • ६ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !