मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुङ्गा

आजभोलि

मङ्गलबारे । इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ ।

इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो । विभिन्न ओढार र हराभरा रहेको यो सामुदायिक वनमा चिडियाखानाका रुपमा विकास गर्ने सोचअनुरुप पछिल्लो पटक तीन वटा रतुवा मृग राखिएको छ ।

ओढारे भालुढुङ्गा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सवडिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताए । विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुई पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ ।

उनले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवद्र्धन समितिमार्फत रु एक लाख सहयोग भएकाले तारजालीले घेरिएको जानकारी दिए । कोषाध्यक्ष खड्काले सुरेन्द्र राईमार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रड र प्राविधिक उपलव्ध गराइएको बताए ।

भालुढुङ्गाको नामले परीचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहारासमेत देख्न पाइने भएको छ । भालुपालनका लागि नगर पर्यटन प्रवद्र्धन समितिले प्रयास थालेको हो । यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालिएको छ ।

मृगका लागि इलाम कृषि बिज भण्डारका पशुपति भट्टराईले मासिक ५० केजी चारो उपलब्ध गराउन थाल्नुभएको छ । इलाम सदरमुकाम छेउमै रहेको भालुढुङ्गा क्षेत्रको विकासमा स्थानीयस्तरमा गठित भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्थासमेत क्रियाशील छ । उक्त संस्थाले यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानका रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने जनाएको छ । मृग, खरायो, बाँदर, स्याल, दुम्सीजस्ता रैथाने जनावरलाई संरक्षण गरी नमुना पार्कसमेत बनाइने सामुदायिक बनका अध्यक्ष हरि गुरुङले बताए ।

भालुढुङ्गा पर्यटन क्षेत्र आसपासमा होमस्टे सञ्चालन गरिएको छ । त्यहाँसम्म जानका लागि इलाम कारागार हुँदै कालोपत्रे सडकसमेत निर्माण भइसकेको छ । इलाम बजारभन्दा नजिक रहेकाले धेरै पर्यटक सो स्थानमा जाने गरेका छन् । यस क्षेत्रलाई चिडियाखानाका रुपमा विकास गर्न स्थानीय सरकारलेसमेत सहयोग उपलब्ध गराएको छ ।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !