लुम्बिनी चिनी उद्योगको प्रदुषणले स्थानीय मारमा

आजभोलि

रबिन्द्र यादव, नवलपरासी ।  नेपालकै ठुलो चिनी उद्योग नवलपरासीमा अवस्थित लुम्बिनी चिनी उद्योगले उद्योगबाट निस्कीएको फोहर ब्यवस्थापन नगरेको भन्दै  स्थानिय आन्दोलनमा उत्रिएका छन्  ।
उद्योगबाट फोहर खरानी जस्तो फोहर बस्तु निस्कदा स्थानियहरुको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै स्थानियबासीहरु आन्दोलनमा उत्रिएका हुन् । यस अगाबै स्थानिय र उद्योग संन्चालक बिच उद्योगको फोहर ब्यवस्थापनकालागी सहमती गरेपनि उद्योगले सो कार्यान्वयन गरेको छैन् ।
उद्योगले स्थानिय प्रशासनको आडमा स्थानियबासीको स्वास्थ्यमा खेलवाड गर्दै आएका छ  ।  यसबारे पटक पटक स्थानियहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपनि स्थानिय प्रशासनले स्थानियको माग नसुनी उद्योगबाट पक्षमा वकालत गर्दै आएको छ  ।
नियमबिपरीत अबैध काम गरेर बिबादमा आईरहने लुम्बिनी चिनी उद्योगलाई स्थानिय प्रशासनले सहयोग गर्दै आएको छ  । जिल्ला प्रशासन कार्यालयको केही उच्च  तहका कर्मचारीको आडमा उद्योग संन्चालकले फोहर ब्यवस्थापन गर्न आलटाल गर्दै आएका छ  । जसका कारण स्थानियको स्वास्थ्यमा दिनप्रतिदिन प्रत्यक्ष असर पर्दै गएको स्थानियहरुको भनाई छ  ।
लुम्बिनी चिनी उद्योगले यस अगाबै किसानहरुको उखु तौल गर्दा ठगी गर्ने  , अबैध रुपमा उद्योगमा रहेका उखुहरु काट्ने  लगायतका अबैध काम गर्दै आएको छ  । जसको मुदद अहिले पनि अदालतमा कायमै  छ  ।   पैसाको आडमा उद्योगले यस्तो मुद्दा समेत किनारा लगाउने योजनामा छ  ,।
उद्योगका मुख्य मालीक मनीष अग्रवाल हुन् । जुन उद्योग बाणीज्य महासंघ केन्द्रिय सदस्य पनि हुन  । अग्रवालले आफ्नो पदको आडमा स्थानिय प्रशासनलाई आफ्नो हातमा लिएर जनताको कुरा सन्ने गरेका छैनन् ।
अग्रवालले काठमाण्डौ बसेर नवलपरासीको उद्योग स्थानिय जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी  गरीरहेको स्थानियहरुको भनाई  छ  ।  अग्रवालले  स्थानिय प्रशासनका उच्च तह कर्मचारी कर्मचारीलाई आफ्नो  पक्षमा पारेर काम गरीरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा अली लामो समय बसेका उच्च तहमा कर्मचारी र  उद्योग संन्चालक बिच निटक सम्बन्ध छ  ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !