द्वन्द्व पीडित सम्मेलनमा आयोजकको दादागिरीः हामी मगन्ते हौइनौ, ठूलो अपमान भयो – द्वन्द्व पीडित

आजभोलि

काठमाडौं । ४ जनाको हुल आयोजकसँग चर्काचर्की गरिहेका थिए । उनीहरु निकै आक्रोसित हुँदै सम्मेलन स्थलमै बाँझिरहेका थिए । आयोजक नाजवाफ झै देखिन्थे ।

उनीहरुले द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनमा सहभागीले आयोजकलाई पक्षपातपूर्ण व्यवहार गरेको गम्भिर आरोप लगाएका छन् । द्वन्द्व पीडित साझा चौतारीद्वारा आयोजित उक्त सम्मेलनमा सहभागीबीच नै भेदभाव रहेको हुम्लाका नेत्र बहादुर भण्डारीले आजभोलिाई जानकारी दिए ।

उनले भने, आफूले सेवा सुविधा माग्दा आयोजकले रुखो शब्दमा भने, तिमीहरुलाई कसले बोलाएको, नबोलाइ किन आएको भनेर उल्टा हप्काएको बताए । आफूहरु २०७५ मंसिर ४ गते बस्नको लागि सुन्धारा गएको तर आयोजकले व्यवस्था नगरेको भण्डारीले गुनासो गरे । उनले भने व्यवास्ता गरेपछि हामी राती ट्याक्सी चढेर कलंकी गएर आफैले पैशा तिरेर बस्यौं ।
भण्डारीका अनुसार आफूहरुले अरु पाउने सुविधा पनि पाउनु पर्ने भनेपछि अयोजकले ५०० रुपयाँ लिने भए लिनु नत्र त्यो पनि पाइदैन भनेर हप्काएको जनाए ।

हुम्लाका अर्का द्वन्द्व पीडित कृष्ण रावतले भने, यो दादागिरी हो । पीडित हामी हाम्रो नाममा नेता बनेर दादागिरी देखाउन पाइदैन् । उनले भने हामी मगन्ते हौ र, खाना नपाएर आएका पनि होइनौ । हामी बास्तविक पीडित हौ । आफ्नो कुरा राख्नका लागि आएका हौ । तर हामीमाथि उल्टा आरोप लगाए ।

नाम उल्लेख नगर्ने सर्तमा एक हसभागीले भने आफ्ना मान्छेको नाम घोषणा पत्रमा छापेको छ । उनीहरुलाई बील केही मागेका छौन् । तर हामी जस्तो मान्छेलाक्ष् बील मागेको छ । होटल पनि त्यस्तै दिएको छ । उनले भनेर डलर ल्याएर आफू खाने हामीलाईलाई दुख दिने, यो त अति भयो ।

तर आयोजकले भने आफूहरुले सबैलाई समान व्यवस्थापन गरेको दाबी गर्यो । हामीले सबै सहभागीको लागि एउटै मापदण्ड बनाएको पनि दाबी गर्यो ।

सम्मेलनमा आधा भन्दा बढी सहभागीलाई खाजा पुगको थिएन । र, द्वन्द्व पीडित घोषणा पत्र पनि उपलब्ध गराएको थियो । आयोजकले पढेर सुनाएर हचुवा तालमा पारित गरेको थियो । लगभग ६० प्रतिशत सहभागीलाई घोषणा पत्रको बारेमा थाहा थिएन । सबै जना अन्योलमा थिए ।

  • ५ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !