निर्वाचन अायोगमा तीन अायुक्त सिफारीस

आजभोलि

काठमाडाैं। लामो समयदेखि रिक्त रहेको निर्वाचन आयोगमा आयुक्तको नियुक्तिका लागि अाज संवैधानिक परिषद्ले सिफारिश गरेको छ । प्रधानमन्त्री दाहालको अध्यक्षतामा सम्पन्न परिषद् बैंठकमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तिमगर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपसभामुख यादव उपस्थित थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको परिषद् बैठकले आयुक्तको नियुक्तिको सिफारिश गरेको हो । परिषद्को सिफारिश निर्णय संसदीय सुनुवाइका लागि शुक्रबार नै संसदीय सुनुवाइ विशेष समितिमा पठाइएको छ ।

परिषद्ले ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार शाहलाई सिफारिश गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिए । पौडेल पूर्व रक्षा सचिव हुनभने दाहाल निर्वाचन आयोगको पूर्वसचिव हुन् । यस्तै शाह पूर्व सहसचिव हुन् ।

सिफारिश भएका तीनै जनालाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ । नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ । हाल अायोगमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा मात्र रहेका छन् ।

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !