विद्यालयका चर्पी बन्दः विद्यार्थी दिशापिसाब गर्न झाडी तथा खोला किनारातिर

बझाङ । विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न थालेका छन् । शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका पाँचकोठा प्रयोगविहीन भएपछि दुर्गा माध्यमिक विद्यालय, सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडीमा दिसापिसाब गर्न थालेका हुन् । विद्यालयमा चारवटा चर्पी छन्, एक शिक्षकले

पूरा पढनुहोस्

प्रधानमन्त्रीद्वारा महाकाली पुलको शिलन्यासः सुदूरमा विकासको ढोका खुल्यो

सुदूरपश्चिम ब्यूरो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महाकाली नदीमा बन्ने पक्की पुलको शिलन्यास गरेका छन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणताका महाकाली नदीमा चार लेनको पुल बन्ने सम्झौतामा हसताक्षर गरेका थिए । उनले बिहीबार कञ्चनपुरको भिमदत्त नगरपालिकाको ओदाली भन्ने स्थानमा शिलन्यास गरेका हुन् । पुलको शिलन्याससँगै सुदूर तथा मध्यपश्चिमका बासिन्दाले भारत जाँदा भोगेका पीडा तथा समस्या समाधान

पूरा पढनुहोस्

सुर्मादेवी जलविद्युत मर्मत गरेको एक वर्ष जस्ताकोत्यस्तैः कहाँ गयो ८६ करोड ?

बझाङ । बझाङमा रहेको गडीस्थित २०० किलोवाट क्षमताको सुर्मादेवी साना जलविद्युत् आयोजना मर्मत सम्पन्न भएको एक वर्ष नबित्दै नचल्ने अवस्थामा पुगको छ । विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा महंगो गरी निर्माण भएको भए पनि एक वर्षमै विग्रिएको छ ।  विद्युत् अनियमित हुँदा यहाँका सरकारी कार्यालयको कामकाज, व्यापार र उद्योग व्यवसाय नराम्ररी प्रभावित बनेको थियो । मर्मत योजनामा नै

पूरा पढनुहोस्

बझाङ जिससमा एमालेको प्यानलै निर्विरोधः कांग्रेस तथा माओवादीले उम्मेद्वारी समेत दिएनन्

बझाङ  ।  जिल्ला समन्वय समिति बझाङको निर्वाचनका अरु कुनै पार्टीको उम्मेद्वारी नपरेपछि नेकपा एमालेको   प्यानल निर्विरोध निर्वाचित भएको छ । खड्कबहादुर खड्का जिल्ला समन्वय समितिको संयोजक  र भागिरथी अवस्थी उप संयोजकमा निर्वाचित भएका छन् । उक्त समितिका सदस्यहरुमा महिलाबाट सरस्वती बोहरा, मेनका साउद, दलित महिलाबाट बिनिता सार्की निर्वाचित भएका छन् । दलित सदस्यमा गजेन्द्रबहादुर सार्की, तथा पुरुष सदस्यमा जन्मेजय जोशी,

पूरा पढनुहोस्

४० औं प्रधानमन्त्रीमा देउवाः नेविसंघ अध्यक्षदेखि प्रधानमन्त्रीसम्म

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको चौथो कार्यकाल हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको

पूरा पढनुहोस्

रिमाल ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनमा पहिलो

कैलाली।  नयाँ वर्ष २०७४ को अवसरमा कैलालीमा अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना गरेको धनगढी हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित २१ दशमलब एक किलोमिटरको दुरी रिमालले एक घन्टा सात मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथमभए ।   सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले उक्त दुरी एक घन्टा सात मिनेट ४२ सेकेन्डमा पूरा गरी दोस्रो

पूरा पढनुहोस्

सुदूरबाट जाग्यो कांग्रेसः उखान टुक्काले देश चल्दैन – देउवा

काठमाठौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सुदूर पश्चिमबाट आफ्नो चुनावी अभियान थालनी गरेको छ । कैलालीको अत्तरीयामा आयोजित विशाल आमसभामा हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । चर्को घाममा पनि केन्द्रीय नेताको भाषण सुन्नका लागि हजारौंको संख्यामा कांग्रेसको झण्डा फहराउँदै दिनभरी बसेका थिए । उक्त सभालाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री

पूरा पढनुहोस्

गौतम हत्या एसएसबीद्वारा भएको पुष्टिः फरेन्सिक रिपोर्ट भारतलाई दिइयो

काठमाडौं । कञ्चनपुरको पुर्नवासमा मारिएका गोविन्द गौतमको मत्यु भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट भएको पष्टि भएको छ । नेपाल प्रहरीले तयार गरिएको फरेन्सिक रिपोर्टमा उनको मृत्यु एसएसबीको गोलीबाट नै भएको प्रमाणित भएकोे छ । यस रिपोर्ट अनुसार अब भारतले गौतम परिवारलाई श्रतपूर्ति तथा नेपालसँग माफी माग्नका लागि मार्ग प्रशस्त गरेको छ ।   भारतले माग गरे बमोजिम नेपाल

पूरा पढनुहोस्

भारतीय पक्षले पुर्नवास घटनामा भएको गल्तीको माफी माग्नु पर्ने गृहमन्त्री निधीको अडान

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्नामा गल्ती स्वीकार ९रिग्रेट० गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । आतंकवाद सम्वन्धी एक सम्मेलनमा

पूरा पढनुहोस्

शहीद गौतमलाई ११ तोपको शलामीः आइतवार विहान ८ बजे शब यात्रा

कञ्चनपुर । सुदूरपश्चिको कञ्चनपुर जिल्लाको पुर्नवासस्थिति सुविधा नगरमा एसएसवीको गोली प्रहारबाट  मृत्यु भएका नेपाली नागरिक गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । आइतवार उनको अन्त्यष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।   नेपाल सरकारले शुक्रवार उनलाई  शहिद घोषणा गरेको थियो । सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।उनलाई ११ तोपको सलामी दिइने भएको छ

पूरा पढनुहोस्