माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?

आजभोलि

लोकराज अवस्थी (टिप्पणी विश्लेषण) । सर्वोच्च अदालतले पदमुक्त आख्यिार प्रमुख लोकमान सिंह कार्कीलाई अयोग्य व्यक्ति भन्दै पदमुक्त गरेको छ । र, प्रमुख आयुक्त नियुक्ति विधी तथा मापदण्डमा पनि खोट देखाएको छ । र, लोकमान अख्यिारबाट सदाका लागि आयोग्य भएका छन् ।

सर्वोच्चको फैसलापछि नेपालका विद्वानको अनुमान गलत सावित भएको छ । सबैले सर्वोच्चलाई कम आँकेका थिए । र, सर्वोच्चले यस्तो निर्णय गर्नेमा शंका पैदा गरिएको थियो । र, सर्वोच्च पनि प्रभावमा पर्ने अडकलबाजी गरिएका थिए । तर त्यो सबै झूठो सावित भयो ।

कुनै प्रभावमा नपरि सर्वोच्चले फेरी एक पटक कानुनी शासनको प्रत्यभूति दिलाएको छ  । कानुन तथा न्यायालयप्रति आशा, विश्वास तथा भरोसा जोगाएको छ । कानुन भन्दा माथि कोही हुन सक्दैन् भन्ने कुराको पुष्टि गरेको छ । जुन लोकतन्त्रको बलियोको आधार पनि हो ।

प्रसंग महाअभियोगको, निकै गुपचुप र छापामारशैलीमा रातारात ल्याएको लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग एकाएक छाँयामा पर्दै आएको छ । नेकपा एमाले तथा माओवादी केन्द्रले जुन तरिकाले महाअभियोग ल्याएका थिए, तर पछि त्यसो हुन सकेन् । उनीहरुले जानीजानी यसलाई अन्यत्र मोडे । बहानबाजीमै यत्रो खर्च खर्चे ।

महाअभियोग भन्दा पनि संविधान संशोधन तथा सानामसिना विषयमा संसद् अवरोध गरे । लोकमानको विषयमा छलफल हुने एक दर्जन भन्दा बढी दिन संसद अवरुद्ध गरे । महाअभियोगलाई नयाँ मोड दिए । र घुमाउरो ढंगले लोमानलाई चलखेल गर्ने समय दिए ।

सर्वोच्चले फैसाल गर्नु भन्दा करिब २ घण्टा पहिले संसदको महाअभियोगको विषय सम्बनिधत समितिमा पठाए । बल्ल २ महिनापछि प्रकृयाका लागि अघि बढाए । जसको कुनै अर्थ छैन् । महाअभियोग जस्तो गम्भिर विषयलाई सहजै समान्यीकरण गरे । आफ्नो जिम्मेवारी बहन गरेनन् ।

सर्वोच्चको फैसलाले लोमानलाई अख्यिारका लागि मात्र अयोग्य ठहर गरेको हो । अन्य पदका लागि बाटो खुलै छ । भोलि उनका लागि सबै पद तथा अवसर खुला छन् । र, उनी जुनसुकै बेला जुनसुकै पदमा पनि आउन सक्छन् । र, फेरी आफ्नो रवाफ जमाउन सक्छन् ।

माननीय ज्यू, महाअभियोग मात्र यस्तो विधी हो जसले लोकमानलाई सधैक लागि सबैतिर बाटो बन्द गरिदिन्छ । यदि तपाईहरुले महाअभियोगलाईको गहनतलाई बुझेरै अगाडि बढाउनु भएको हो भने पक्कै पनि निश्कर्षमा पुर्याउनु हुनेछ । जुन अति जरुरी विषय हो ।

अख्तियारमा हुँदा लोकमानको स्वइच्छाचारी तथा कानुन लत्याउने कामलाई गलत थियो भन्ने कुरा सावित गर्ने एकमात्र प्रकृयाा भनेको महाअभियोग नै हो । महाअभियोगले उनलाई मात्र हैन अरु सबैलाई पनि पाठ सिकाउने छ । र, लोकमान सधैका लागि आयोग्य तथा खराब हुन भन्ने साबिती हुनेछ ।

सर्वोच्चले आफ्नो शाख जोगाए जस्तै संसद्ले जोगाउने की नजो्गाउने अहम् प्रश्न बनेको छ । लोकतन्त्रको सर्वाधिक शक्तिशाली निकाय संसदले कसरी महाअभियोगलाई अगाडि बढाउछ, त्यो अझ चासोको विषय बन्दै गएको छ । जनताका प्रतिनिधिले आफ्नो जिम्मेवारी र दायित्व बहन गर्छन की गर्दैनन्, त्यो जनताले नियाली रहेका छन् ।

  • २७ पुष २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !