नेपालमा फोर जी सेवा शुरुः हाललाई पोस्टपेडमामात्रै

आजभोलि

काठमाडौं । नेपाल टेलिकमले पुस १७ गतेबाट उपत्यका र पोखराका केही स्थानमा पछिल्लो विकसित प्रविधि फोरजी सन्चालनमा ल्याएको छ । फोरजी सेवाको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे ।
टेलिकमले जनाए अनुसार फोर जी सेवाबाट इन्टरनेट चलाउदा १ एमबी डाडाको १ रुपैयाँ लाग्ने छ । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी दु्रतगतिमा सन्चालन हुने टेलिकमको दाबी छ । टेलिकमले ३२ दशमलव ४ एमबीपीएस डाटा क्षमताको फोरजी सेवा सन्चालनमा ल्याएको हो ।
फोरजी सेवा परियोजनाको कुल लागत ३६ लाख डलर अर्थात् ३८ करोड ८८ लाख रुपैयाँ रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले आफ्नो वार्षिकोत्सवका दिनदेखि प्रिपेडमा पनि यो सेवा विस्तार गर्ने प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।
टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवाले सेवाग्राहीमा विविधता थपेको भन्दै यसलाई विस्तार गर्दै लैजाने बताइन् ।उनले ३२ दशमलव ४ एमबीपीएसको गतिलाई बढाउने तयारी सुरु भैसकेको उनले बताइन् ।
विश्व बजारमा फोरजी सेवा ७ वर्षअघि सुरु भएको हो । फोर जी सेवा थ्री जीकै दर रेटमा चलाउन सकिने टेकिमले जनाएको छ ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !