स्ववियु निर्वाचन र नेविसघंको भूमिका

आजभोलि

त्रिभुवन विश्वविद्यालयको सिनेटले हालै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते घोषणा गरेको छ । जुन विद्यार्थी सगंठन र विद्यार्थीहरुको लागि खुसीको कुरा हो । सगैं स्ववियु चुनावमा उम्मेद्वार हुन २८ वर्षे उमेर तोकेको छ ।  यो २८ वर्षे उमेर हद केही विद्यार्थी सगंठनका केही नेताको लागि अपाच्य पनि भएको छ । हो ती विद्यार्थी नेताहरुलाइ अपाच्य हुनु पनि स्वभाविक नै हो कैयौ वर्ष देखि स्ववियु चुनाव होला चुनाव लडौला भनेर क्यामपसको ढोका कुरेर बसेका नेताहरुमाथि त्रिविले अन्याय गरेकै देखिन्छ ।

 
यदि  त्रिविले हरेक दुई दुई वर्षमा स्ववियुको निर्वाचन गरेको गरेको भए आज आएर यस्तो असहज अवस्था आउने थिएन  । मातृ पार्टी र विद्यार्थी सगंठनका नेताहरुले बुझेर अहिले कुनै पनि बहानामा चुनाव स्थगित गर्नु भयो भने भोलि झन जटिल अवस्था आउनेछ । ८ वर्षमा चार वटा नेतृत्व जुन कुसल सगंठक भिजन मिसन भएको आउथ्यो त्यो अहिलेले पूर्णतया पलायन भइसकेको छ ।  जुन नेतृत्व अबको स्ववियुबाट आउने हो यसलाइ पनि चुनाव हुन नदिएर पलायन गराउने हो भने भोली हामीले राजनीतिमा असल विचारक, निष्ठा र इमान्दार भएको व्यक्ति पाउन गाह्रो होला ।
 
अहिले राजनीति गरेर देश बनाउछु भन्ने अवस्था नै रहेन । जब विद्यार्थीले आफनो भविष्यको बारेमा सोच्ने बेला हुन्छ, कलेजमा बसेर विद्यार्थीहरुस सगंठनसँग बनाउने र देशको बारेमा सोच्ने समय र उमेर हुन्छ त्यति बेला असल विद्यार्थी यस्तै चुनाव हुन नसकेर आफु भित्रको प्रतिभालाई जनता समक्ष ल्याउने मौका पाउदैन भने उसले आफनो सुरक्षित भविष्यको लागि कि त रोजगार खोज्छ कि त खाडी मुलुक भनौ वा विदेश रोज्छ ।
 
हामीले भविष्यमा असल नेतृत्व खोज्छौ भने युवा लाइ देश बनाउने जिम्मा दिने हो भने स्ववियुको निर्वाचन अनिवार्य छ । प्रजातान्त्रिक पद्धतिबाट कुशल र असल नेतृत्व उत्पादन हुने थलो भनेको विद्यार्थी राजनीति हो । आफनै पार्टीको विद्यार्थी सगंठनबाट पनि नेतृत्व हुर्किएला तर त्यो गुटिय राजनीतिको वरिपरि घुमिरहन्छन किनकी त्यस्तो विद्यार्थीले नेताको चाकरी गरे पुग्छ, विचार र निर्वाचनको राजनीति सिकेको हुदैन ।
 
स्ववियुले अन्तर पार्टी विद्यार्थी सगंठनसँग पनि सहकार्य, सम्झौता, सवांद र विचारको राजनीति गर्न सिकाउछ । भोलीको पुस्तालाइ राजनीतिमा स्पष्ट विचार भिजन र मिसन भएको नेता चाहिन्छ भने आजको यो स्ववियुको निर्वाचन अपरिहार्य छ । विद्यार्थी सगंठनका अध्यक्षहरुको र त्रिविको  स्ववियु निर्वाचन गराउने मनसाय छैन भने स्ववियु खारेज गरे हुन्छ नत्र क्याम्पसहरुलाई नेतृत्व उत्पादन हैनकी बेरोजगार उत्पादन गर्ने थलो पनि बनाउन दिनु हुन्न । बिगत ८ वर्षमा स्ववियुको निर्वाचन नगरेर कैयौं विद्यार्थी नेताहरुको भविष्य त बिगारिसकिको छ अव यो अवस्था आउन दिनु हुदैन । जसरी पनि फागुन १४ मा नै स्ववियुको निर्वाचन गराएर विद्यार्थी राजनीतिको साख जोगाउने काम सबै सगंठनहरु र त्रिविले गर्नु पर्छ ।
 
हामी प्रजातान्त्रिक विचार बोकेका विद्यार्थीहरुले  स्ववियुको चुनावलाइ यो या त्यो बाहनामा पर धकेल्ने काम  गर्नु हुन्न । उमेर हद लगाएर हुन्छ या नलगाएर जसरी पनि हामीलाइ स्ववियु निर्वाचन चाहिएको छ । विद्यार्थी राजनीतिलाइ अन्धकार तर्फ उन्मुख गराउनु हुन्न । स्ववियुमा कसरी बलियो बहुमत प्राप्त विजयी सगंठन बनाउने भनेर आजै देखि गृहकार्य थाल्नु पर्छ । यस स्ववियुले भोलिको कुशल नेविसंघ पनि जन्माउने छ । आउने पुस्ता झनै खारिएर आउनेछ ।
 
लोकराज भट्ट
लेखक नेविसघं विश्वभाषा क्याम्पसका नेता हुन ।

  • १० माघ २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !