विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)

आजभोलि

नेपालको राजनैतिक बाटो कता जाँदैछ ? यो प्रश्नको उत्तर शीर्ष नेतृत्वलाई पनि थाहा छैन | नेपाली जनता अन्यौलमा छन् | उनीहरूले विश्वास गर्न जानेका छन् | विश्वास गरिरहेका छन् र धेरै समयसम्म विश्वास गरिनै रहनेछन् भन्ने सकिन्न | राजनैतिक कार्यक्रता पनि अन्यौलमा छन् तर उनीहरूसंग नेतृत्वको सर्कुलर मान्नुको विकल्प पनि छैन |

राजनैतिक नेतृत्वको चाहना नेपालको भलो गर्नु गर्नुनै होला तर जुनबाटो उहाहरूले समात्नु भएको छ, तेसको टुङ्गो सधैं अन्यौल मै हुन्छ | सडक बनेको एक महिनापछि पानी वा ढल विभागले सडक खनेर पुन: कमिसनका लागि बाटो खोलिदिएझैं राजनैतिक संस्कारमा इमानदारीता खोज्नु असम्भव मानिन्छ | आज राजननीति गर्नु भनेको ठग, छलकपट तथा भष्टाचारको पर्यायवाची बनेको तत्थ्य सबैले बुझेकै कुरा हो |

कार्लमार्क्स वितेको दुई शताब्दि वित्नै लागे पनि नेपालका मार्क्सभक्तहरू तिनकै सिद्धान्तको कर्मकाण्डमा रुल्मुलिएको देखिन्छ भने समाजवादीका रूपमा आफुलाई उभ्याउन खोज्ने बामइतर राजनैतिक चिन्तन पनि हब्स, रुसो, वासिंगटन वा अब्राहम लिंकनमा अडिएको छ | यी दुवैमा एउटा समानता छ : पश्चिमा वैचारिक उपनिवेशवाद | राजनीति, शिक्षा, संस्कृति, विकास, मानवाधिकार, संस्कार तथा रहन-सहन समेत पश्चिमा पद्यतिको नै महान हुन्छ भन्ने विषयमा यी सबैमा कुनै विवाद देखिन्न | पुंजीवाद र साम्यवाद वीचको विरोधाभाष पनि दूबै आयातित नै भएकोले रहिरहने छ |

हामी नेपाली हौँ र हाम्रो धरातलीय र ऐतिहासिक यथार्थ पनि नेपाल नै हो | हाम्रा इतिहास र संस्कृतिका सबै थोक ठीकठाक नहोलान् र अहिलेको समयमा उपयुक्त पनि नहोलान् तर विश्वको सबैभन्दा प्राचीन र जीवन्त सभ्यताका रूपमा उभिएका हिन्दू, बौद्ध, जैन, किरात, बोनआदिका ग्राह्यविषयहरूलाई हेय ठान्ने वा निषेध गर्नेहरूप्रति नेपाली जनता सहमत हुनैसक्दैनन् | एस्तो जागरुकता क्रमश: जनतामा फैलिँदो छ | सर्वसाधारण र तल्लो नेतृत्व खाइपाइ आएको सुविधा खोसिएला भनेर पर्खेको स्थिति छ |

आफ्नो इतिहास, संस्कृति तथा मौलिकताको निन्दा गर्दै आरम्भ हुने विश्व कै अद्वितीय वर्तमान नेपाली संविधानका जन्मदाताका रूपमा जस-अपजस पाएको वर्तमान राजनैतिक शक्तिको शक्तिक्षय चाहिं तेसैबेला आरम्भ भएकै हो | यी सबैले अव विकसित हुने राजनैनीतिक शक्ति बैकल्पिक होइन निर्विकल्प हुनुपर्छ भन्ने मांग गर्छ | यसको अर्थ हो – निर्विकल्प राजनैतिक धाराको सृजना हुनुपर्छ | एस्तो निर्विकल्प राजनैतिक चिन्तनको निर्माणका लागि हामीले बाटो खोलिदिएका छौँ |

आफ्नो मौलिकता, स्थानीयताको जरोकिलोमा उभिएर विश्वलाई ग्रहण गर्ने र विश्वलाई मार्गनिर्देशन गर्ने शक्ति चाहिएको छ | एस्तो शक्ति हाल नेपालमा क्रियाशील राजनैतिक चिन्तनबाट उपलब्ध हुँदैन | परिवर्तनका नाममा जडतावादबाट मुक्त नहुने र आफ्नोपनको पहिचानका लागि पनि पराईको लेखाई, बोलाई र गराईलाई विश्वास गर्नेहरूप्रति नेपाली जनतालए विश्वास गर्ने ठाउँ छैन | हामी निर्विकल्प शक्तिको विकासका लागि क्रियाशील छौँ | हामी अन्यौलग्रस्त तथा मक्किएको राजनैतिक शक्तिहरूका लागि निर्विकल्प “जरोकिलो” निर्माण गरिरहेका छौँ |

निर्विकल्प राजनैतिक शक्ति कस्तो हुने छ र को हुने छ ? भनेर बुझ्न चाहनुहुन्छ भने आगामी लेखहरूको प्रतिक्षा गर्नुहोस् |

  • १२ असार २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !