कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?

आजभोलि

बझाङ । नीजि क्षेत्रको लगानीमा बझाङको कालंगा गाडमा निर्माणाधिन कालंगा हाइड्रोपावरको बारेमा स्थानीयतह देखि केन्द्रसम्म नयाँ बहसको शुरु भएको छ । आयोजना पक्ष र अरुबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । कालंगा हाइड्रोपावरले उचित क्षतिपूर्ति नदिएको, वातावरण विनाश गरिएको, स्थानीयलाई राजेगारीमा उचित स्थान नदिइएको र स्थानीय मठमन्दिरमा क्षतिपुर्याइएको आरोप लगाउँदै आइरहेका छन् ।

बझाङबाट संघीय संसदका लागि निर्वाचित सांसद भैरव बहादुर सिंहले एक रेडियो अन्तरवार्ता कालंगा हाइड्रोले उचित व्यवस्थापनमा ध्यान नदिएको भनेर आलोचना गरेका छन् । तर आयोजना संचालक मध्येका एक बिरेन्द्र बहादुर मल्लले भने त्यसको प्रतिवाद गरेका छन् ।

तर आयोजना पक्षले भने आफूहरुले सबै तोकिएको मापदण्ड पूरा गरेको दाबी गर्दै आइरहेका छन् । पछिल्लो समयमा सामाजिक संजालमा यस आयोजनाको पक्षमा भन्दा पनि विरोध जनआवाज चर्किएको छ ।

भानुभक्त दौल्याल आफ्नो फेसबुकमा रेडियो अन्तरवार्ता लक्षित गर्दै लेख्नु हुन्छ” रिपोर्टर भाइ जलविद्युत निकालेर देश त बिकसित होलारु बिकास कसका लागि हो यसको जवाफ पाउरु तिमी पहिले यो संस्थाबाट प्रत्यक्ष प्रभावित जनताको घर घरमा पुग त्यसपछी रिपोर्ट बनाउरु रेडियोमा बोल्न पायो भनेर जे पनि बोल्नेरु जथाभावी सडक खनेर बाढी र पहिरोको उच्च जोखिममा राख्नु बिकास हो कि बिनासरु के पायो बुंगललेरु बिजुली उत्पादन भएर न अहिले बिधुत उपलब्ध छ न बनेपछीरु बुंगली जनताकै श्रोत र साधनको दोहन हुने र बुंगलिले आफ्नो ठाउबाट नै बिस्थापित हुनुपर्ने अबस्था छ। जंगलको के स्थिती छ, त्यो रिपोर्ट खोइरु भैरव बहादुर सिंह ज्यु हाइड्रोको बिरोधी र बिकासको बाधक हुनुहुन्न उहाले बुंगलको प्राकृतिक सम्पतिमा बुंगलि जनताको हक हुनुपर्छ भन्नूभएको थियो र भन्दै हुनुहुछ। बुंगलमा यत्रो प्रोजेक्ट आउदा बुंगली जनताले केही बिकासको आशा गर्नु गलत हो ररु आफुले गरेका प्रतिबद्धताहरु भुल्नु हुन्न हाइड्रो पावरले। दुईरचार जना राजनितिक दलका ठेकेदार र स्थानीय सरकारलाइ लेपो हाले जस्तो हुन्न, भैरव सिंह जनप्रीय नेता हुनुहुन्छ र गरीव बुंगली जनताको हितमा बोल्दैहुनुहुन्छ।”

त्यस्तै शैलेन्द्र भट्ट फसबुकमै लेख्नुहुन्छ ”बझाङ बुगल कालङ्गा क्षेत्रका सर्ब साधारण जनताको जमिनको अबमुल्येन गरि घुइयाको भाव दियेर जलमाफिया सङ करोडौ कुम्ल्याउने दलाल बिरुद्द पहरेदारी गर्दा बिकास बाधक कसरी रु जल दलाली करणबाट रोक्ने प्रयास हो , पैसाले दलाल प्रबिर्तिका हरुको मुख बन्द गर्न सकियेला तर जन्मभुमिप्रती , सर्बहारा बर्गको हितको लडाइ लड्ने इमान्दार चेला लाइ कुनै ताकतले रोक्न सक्दैन । बिकासको नाममा सोजा साजा जन्तालाइ भुल्याउने फकाउने दिन गए , लुट्ने लुटेराको दिन सकिये अब बुगल जिहो जस्तो छैन आज सचेत र परिबर्तित छ । बिकास को नाममा दलाली करण स्वीकार्य छैन । जन सहभागिताको सहितको बिकास जन्ताको मागहो, जन्ताको ढाड्सेकिने गरि , रैतितुल्ले व्यबहारको बिकासको बिरोध जनप्रतिनिधिको कर्तब्य हो ।बिकास राज्य र जन्ताको सामुहिक पहल बाट हुनु पर्छ निजि लगानी येदि हुन्छ भने त्यो कुनै दलालि पर्बृतिमा हैन जनमैत्री प्रकृतिको हुनु पर्छ ताकी जन्ताले स्वामित्व महसुस गर्न सकुन ”

अमित सिंहले लेखेका छन ”केही सस्थापक हरुका रबैया संकास्पद छन । निजि क्षेत्र भनेको सरकार ,जनप्रतिनिधि भन्दा माथि हुदैन ,कालांगा हाइड्रो पावर बन्छ ,बन्नुपर्छ तर संचालक हरु को रबैया ,राजनीतिक गतिविधि ठिक छैनन् नियन्त्रण राज्यले गर्नुपर्छ।निजि क्षेत्र भनेको आकाश बाट ,धर्ती बाट अबतार हुने भगवान का रुप होइनन् अपितुस् सरकार को नियन्त्रण जरुरिछ।कुरा रह्यो भैरब सिंह ज्यु को वहाँ बझाङ का सबै जनताको प्रतिनिधि हो ,कहाँरु कति बोल्ने हेक्का राख्नुपर्छ ।कहिकतै कालांगा हाइड्रोपावर संचालक हरु का गतिविधि राजनीतिउन्मुख देखिन्छन् ,मनोगत र पुर्बाग्रहि देखिन्छन सुध्रिन चुनौती दिन चाहन्छु।स्थानीय चुनाब देखि ,प्रदेशसभा,प्रतिनिधिसभा चुनाब सम्म आउदा हाइड्रोपावर र उसका संचालकका गतिबिधि नजिक बाट नियालि रहेका छौ पुरै संकास्पद र पुर्बाग्रहि छन।सिधा भन्दा चुनाबताका काङ्ग्रेसी हरु लाई दिएको पैसा ,कार्यकर्ता भर्ति,अदृश्य राजनीतिक चलखेल ,सतह मा देखिएका हुन् र ती छन् कसैले बहस गर्न चाहन्छ भने म कहाँ आउदा हुन्छ म तयार छु ।म तेहि क्षेत्र का बासिन्दा ,उपभोक्ता हु र कालांगा हाइड्रोपावर र उसका संचालक हरु का हबिगत नियालि रहेका पनि छौ ।। बिरेन्द्र मल्ल ,खगेश्वर बोहरा आमात्य अरु अरु सँग कुनै ब्यक्तिगत इगो छैन र रहन्न तर समस्या कहिकतै छन माननीय भैरब सिंह ज्यु ले उठान गर्न खोजेका बिषयबस्तु ठिक हुदा हुँदै पनि प्रस्तुति मा रुखोपन देखिएकै हो तर भैरब सिंह बिकास बिरोधि हुन भनेर जसरि पुष्ट्याइदै छ तो सरासर नियोजित छ ,।भैरब सिंह बिकासप्रेमि हुन ,जनताका प्रतिनिधि हुन निजि क्षेत्र ले निउ खोज्ने होइन कसैबाट परिचालित हुने होइन सम्यमित भएर काम गर्ने हो लगानि को बाताबरण राज्यले गर्छ । पुनश्च कालांगा हाइड्रोपावर र संचालक हरु ले बिजुलि बनाउने हो राजनीति गर्ने काम हाम्रो हो।”

जल विद्युत आयोजनाले स्थानीयलाई फाइदा नपुगको भन्दै बिरोध हुँदै आइरहेको छ ।

Photo: Facebook.com

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !