कम्युनिष्टले सङ्घीयता चाहँदैनन् : कोइराला

आजभोलि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान आएपछि पहिलोपटक नेपाली काँग्रेसको महासमिति बैठक बसिरहेको छ । महाधिवेशनपछि दोस्रो ठूलो सर्वोच्च निकाय महासमितिको बैठक आर्थिक, सामाजिक प्रस्तावमा छलफल आरम्भ भए पनि पार्टीकै विधान समयमा प्रस्तुत गर्न नसकेकोप्रति बैठकमा तनाव पनि उत्पन्न भएको छ । स्थानीय, प्रदेश र राष्ट्रिय निर्वाचनमा नराम्ररी पराजित भएको काँग्रेसको यो महासमिति बैठकप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय चासो व्यापक छ । यसै परिवेशमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालासित लिइएको अन्तरवार्ता ।

महासमितिको बैठक कसरी अगाडि बढ्दैछ ?

– महासमितिको बैठक सुरु हुनुभन्दा पहिला मैले धेरै जिल्लामा गएर त्यहाँका नेता तथा कार्यकर्तासँग छलफल, अन्तरक्रिया र विचारविमर्शसमेत गरेको छु । त्यतिबेला उहाँहरू हामीबीचको तिक्तताले गर्दा निराश भएको पनि पाएको थिएँ । दुई तिहाईको सरकारले गर्दा पनि अब देश कम्युनिष्टमय हुने भन्ने चिन्ता थियो । त्यसको बीचमा हाम्रो महासमितिको बैठक चलिरहेको छ । उहाँहरू काठमाडौँ आउँदाखेरि उत्साहितरूपमा आएको पाएँ । अब काँग्रेसले केही गर्छ, सङ्गठनमा नयाँ जोश, जाँगर र उत्साह आउला भनेर उहाँहरूको अपेक्षा थियो होला । तर हामीले पूर्वनिर्धारित समयमा विधानको मस्यौदा नै महासमिति बैठकमा पेश गर्न सकेनौँ । महासमिति सदस्यहरूले राजनीतिक प्रस्तावभन्दा पनि विधान मस्यौदालाई बढी महìव दिएको मैले पाएको छु ।

त्यसो भए राजनीतिक तथा अन्य प्रस्ताव चाहिँ केही होइनन् भन्न खोज्नु भएको हो ?

– होइन । महासमितिका सदस्य, कार्यकर्ता र हामीलाई त विधान बढी महìवपूर्ण छ । तर मलाई लाग्छ– सबैभन्दा बढी प्रभावकारी र अन्तर्राष्ट्रिय समुदायसमेतले चासो र ध्यान दिने भनेको राजनीतिक प्रस्ताव नै हो । त्यस प्रस्तावमा हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू कसरी विकसित गर्दै लान्छौँ, अहिले भएका राजनीतिक घटनाक्रमहरू, कम्युनिष्टहरूसँगको हाम्रो सम्बन्ध, अन्य राजनीतिक दललाई हेर्ने काँग्रेसको स्पष्ट दृष्टिकोण आउनुप¥यो । दुई ठूला छिमेकी मित्रराष्ट्र भारत र चीनसँगको हाम्रो सम्बन्ध तथा अन्य मुलुक, दातृ समुदायलाई हेर्ने दृष्टिकोण काँग्रेसको के हो त रु त्यो कुरा आउनुपर्छ ।

राजनीतिक प्रस्तावबाट उत्साही हुनुपर्ने कारणहरू केही त होलान् नि ?

– हामी इतिहासकै विरासतमा अगाडि बढ्ने हो तर त्यही इतिहासमा बाँच्नु हुँदैन । भविष्यको मार्गचित्र र स्पष्ट दृष्टिकोण कोर्न सक्नुपर्छ । युवाको काँग्रेसमा भविष्य के छ त रु महिला, आदिवासी जनजाति, दलित, मधेसी, सीमान्तकृत समुदाय, खस आर्य, अपाङ्गता भएका व्यक्तिको भविष्य काँग्रेसमा कहाँ छ त रु त्यो मार्गचित्र दिनुप¥यो र हामी कसरी कम्युनिष्टसित वैचारिक हिसाबले कसरी भिड्न सक्छौँ भन्ने कुरा राजनीतिक विचारमा कमी देखेको छु ।

तिहासलाई दिमाखमा राखेर अबको हाम्रो मार्गचित्र स्पष्टरूपमा आउनु प¥यो । मैले अघि पनि भनेँ– राजनीतिक प्रस्ताव सोचेजस्तो आएन । लोकतान्त्रिक समाजवाद भनेको के हो, समाजवादका उपायहरू स्पष्ट रूपमा आएन । केही त आएको छ ।

सहभागीबाट कत्तिको राय सुझाव आएका छन् ?

– हामीले समयमै विधान महासमितिमा पेश गर्न सकेनौँ तर सुझाव चाहिँ विधानकै विषयमा बढी आएको छ । राजनीतिक र आर्थिक प्रस्तावमा पनि केही राम्रा सुझावहरू पनि आएका छन् । धर्मका विषय पनि आएका छन्, जुन हिसाबले राजनीतिक प्रस्ताव आउनु पर्ने थियो त्यो आउन सकेन । उदाहरणका लागि एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भयो, त्यसले नेपाल र नेपाली जनताको शीर निहुराएको छ । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) का अगाडि राज्य निरीह भएको पाएँ । प्रधानमन्त्री तीन दिनसम्म होटलमा बस्नुप¥यो । नेकपाकै साथीहरूले नै भन्दै प्रधानमन्त्रीलाई भन्दै हुनुहुन्छ– तपाईंले एक लाख डलर त लिनुभयो तर मन्त्रिपरिषद्बाट पारित गर्नुभयो कि भएन भनेर प्रश्न गर्दै आउनु भएको छ । यो सबभन्दा डरलाग्दो अवस्था हो ।

निर्वाचनमा हारेर मुच्र्छा परेको काँग्रेस अब ब्युँझिएको हो ?

– विधान संशोधनसहित पारित भएपछि नेतादेखि कार्यकर्तासम्म एउटा उत्साह पक्कै आउने छ । त्यो उत्साह कहाँनेर गएर निरुत्साहमा परिणत नहोस् भन्ने मेरो चिन्ता हो । अब महाधिवेशन २०७६ साल फागुन अन्तिमसम्ममा त गर्नुप¥यो । त्यतिबेला महाधिवेशन गर्ने नेतृत्वको इच्छाशक्ति छ कि छैन रु लम्ब्याउन खोज्नु भयो भने फेरि काँग्रेस कमजोर हुन्छ । केही समयका लागि सभापति बलियो भएको देखिन्छ तर काँग्रेस कमजोर भएको मैले पाएको छु । विशेष कारण नभई महाधिवेशन लम्ब्याउनुपर्ने कुनै कारण छैन । सङ्घीय संरचनामा गएपछि त्यसै अनुसारको पार्टी संरचना निर्माण गर्न हामी तुरुन्तै जानुप¥यो ।

विशेष महाधिवेशनको आवश्यकता औँल्याउनु भएको हो ?

– विशेष महाधिवेशनले त सभापतिलाई मात्र फेर्ने कुरा आउँछ । यो पार्टीगत संरचना त यथावत् रहन्छ । एक वर्षभित्र महाधिवेशन गर्नुपर्छ । अबको १४ महिनाभित्र महाधिवेशन भयो भने त्यो विशेष महाधिवेशन नै मान्दा हुन्छ ।

 काँग्रेसका अग्रज नेताहरूले मूल्य, मान्यता, आदर्श र सिद्धान्तका लागि ठूलो सङ्घर्ष गर्नुभयो तर तपाईहरू गुटउपगुट बनाएर काँग्रेसलाई किन ध्वस्त पार्दै हुनुहुन्छ ?

– यो प्रश्न नेतृत्व तहका मान्छेलाई सोध्नु भए राम्रो हुन्छ । म त गुट नै नबनाउने र नगर्ने मान्छे ।

महासमिति सदस्यहरूले पार्टीमा बृहत् एकताको माग गरेका छन्, त्यो अवसर गुमेको हो ?

– अहिले पनि गुमेको छैन । विधान संशोधन हुँदैछ । जिल्ला सभापतिहरू र महासमिति सदस्यहरूले केही महìवपूर्ण सुझाव दिनुभएको छ । ती सुझाव विधानमा राखियो भने पार्टीमा नवीन ऊर्जा आउँछ । केन्द्रीय समितिका सदस्यहरू तलैबाट निर्वाचित भएर आउनुपर्छ भन्ने सुझाव छ, पहिला थियो, त्यो सुझाव कार्यान्वयन हुनुप¥यो । सभापतिले महाधिवेशन सदस्यहरूको मनोनीत गर्नुहुन्छ, केन्द्रीय सभापतिले पाउने अधिकार जिल्ला सभापतिले पनि पाउनु प¥यो । गाउँ, नगर र जिल्लाको टिकट वितरण व्यावहारिक भएन भन्ने उहाँहरूको माग छ । त्यो माग सङ्घीय संरचना अनुसार सही छ ।

गाउँपालिका र नगरपालिकाको टिकट जिल्लाले टिकट बाँड्नु होस् । नगरपालिकाको टिकट वितरण गर्ने अधिकार दिइएको छैन । मैले यस विषयमा केन्द्रीय कार्य समितिमा समेत कुरा राखेको छु ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली जनताले परिवर्तनको अनुभूति कहिले गर्ने ?

– राजनीतिक परिवर्तनले जनताको अधिकार स्थापित गर्छ । राजनीतिक परिवर्तनमात्र भएर हुँदैन, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन पनि जरुरी हुन्छ । नेपाली काँग्रेसको मार्ग निर्देशन र सिद्धान्त अनुरूप संविधान बनेको छ । तर जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने गरी मुलुकमा काम हुन बाँकी छ । त्यसका लागि त अब नयाँ बाटोबाट जानुपर्छ ।

नयाँ बाटोको कुनै तस्बिर छ यहाँसित ?

– अब इतिहासमात्र भनेर पनि हुँदैन र इतिहास बिर्सन पनि हुँदैन । देशभित्र काम नपाएर लाखाँै नेपाली युवा बिदेशमा छन् । अब यहाँ सम्भावना खोज्ने नीति, योजना र कार्यक्रम ल्याउनुपर्छ । म कृषिबाट उदाहरण दिन चाहन्छु । अब सामूहिक खेतीको अवधारणामा जानुपर्छ । समूहले त्यस्तो खेती गर्नका लागि सरकारले पूरै वातावरण बनाउनुपर्छ । उनीहरूको बजार सुनिश्चित गर्नुपर्छ । त्यसो गरेपछि उत्पादन बढ्छ र आयात पनि रोकिन्छ । देशभित्र काम पाउने क्रम शुरु हुन्छ । त्यस्ता समूहले साना उद्योगजस्तै मिल आदि खोल्न चाहे भने कर्जादेखि करसम्मका सुविधा दिनुपर्छ ।

महासमितिमा पेश भएको आर्थिक प्रस्तावले देशभित्रका उद्योगी, व्यवसायीका साथै आन्तरिक र बाह्य लगानीकर्ताको अहिलेको अपेक्षा सम्बोधन गरेको छ ?

– म यहाँ के स्पष्ट पार्न चाहन्छु भने पार्टीका कुनै पनि मस्यौदा टोलीमा म परेको थिइनँ । केन्द्रीय सदस्यका नाताले मेरो कमजोरी भएको छ भने स्वीकार पनि गर्छु र इमानदार भएर भन्न चाहन्छु, जुन ढङ्गले प्रस्तावहरू आउनुपर्ने थियो, आउन सकेको छैन । यसमा नेतृत्वको कमजोरी भयो । प्रस्तावहरू भोलिको नेपालको आर्थिक-सामाजिक खाका कोर्नभन्दा अलि बढी विगतमै रमाइरहेका छन् । समृद्ध नेपाल कसरी बनाउने भनेर सबै क्षेत्रमा व्यापक गृहकार्य गरेर अगाडि बढ्ने गरी प्रस्तावहरू आउनु पर्ने थियो ।

महासमितिको बैठकमा अन्य प्रस्तावहरूभन्दा बढी विधानकै चर्चा भएको छ । किन त्यस्तो भएको ?

– समयमा महासमितिका साथीहरूको हातमा विधान पु¥याएको भए राजनीतिक र आर्थिक प्रस्तावमा बढी ध्यान जान्थ्यो । केन्द्रीय समितिले विधान पारित गर्न ढिला ग¥यो ।

आसन्न महाधिवेशनमा त कोइराला परिवारबाट नेतृत्वका लागि तयारी भइरहेको कुरा पनि बाहिर आइरहेको छ नि ?

कोइराला परिवार र बाहिरको भन्ने कुरा हुँदैन । सबै साथीहरूसित कुरा भइरहेको छ । पार्टीलाई कसरी अगाडि लैजाने र देशको यो अवस्थालाई कसरी सही दिशा दिने भन्ने कुरा मूल प्रश्न हो । नेतृत्व कसले गर्नेभन्दा पनि के गर्ने प्रश्न मुख्य कुरा हो । कोइराला परिवारका सदस्यहरू त एक ठाउँमा नबस्दा किन बसेनौ भन्छन् र एकै ठाउँमा बस्यो भने किन बस्यौ, भन्छन् । मिडियालाई पनि खुबै चासो लाग्छ ।

म सबैसित सल्लाहमा काम गर्न चाहन्छु र जिल्ला जिल्लामा जानु पर्ने कारण पनि जनताबाट पार्टी र पार्टीका नेता अलग हुनुहुँदैन भनेर हो । अहिले पार्टी नेताहरू र जनताबीच ठूलो खाडल (ग्याप) छ । म सबै साथीलाई जनताको घरघरमा जान र विनम्र हुन भनिरहेको छु । समस्यासित परिचित हुन भनिरहेको छु । यो मेरो राजनीतिक कर्तव्य हो । यसैलाई कतिपयले नेतृत्वको तयारीका रूपमा बुझेको हुनुपर्छ ।

विभाग खाली छन्, भ्रातृ संस्थाको अधिवेशन भएको छैन, पुराना नेता सकिँदै जाने नयाँ आउन बन्द गरेपछि कसरी काँग्रेस बच्ला ?

– यो कुरा सभापतिले मनन गर्ने कुरा हो । विभाग खाली छन्, सङ्गठन चलायमान छैन । भ्रातृ संस्था निष्क्रिय छन् । अझै पनि विभाग गठन हुँदा सङ्गठनलाई फाइदै छ । प्रादेशिक संरचना बनाउन त पुरानै विधान थियो । उहाँहरूको जिम्मेवारी होइन रु अब हुने १४ औँ महाधिवेशनले नयाँ ऊर्जासहितको नेपाली काँग्रेस हामीले दिन्छौँ । अहिलेको नेतृत्वले अब सक्दैन । युवासहितको नयाँ नेतृत्व पार्टीमा आउनुपर्छ । त्यसका लागि हामी लागिरहेका छौँ । हामीले को के बन्नेभन्दा पनि काँग्रेस बलियो कसरी बनाउने भन्ने सोच्नुपर्छ, हाम्रो ध्यान त्यतै केन्द्रित छ ।

सरकारको मूल्याङ्कन र देशको परिस्थिति आदिमा काँग्रेसले ध्यानै नदिएको भन्ने पनि भनाइ छ नि ?

– सरकार मैले सफल भएजस्तो देख्दिनँ । काँग्रेस आफ्नै समस्यामा छ । नीति तथा कार्यक्रम स्वीकार ग¥यौँ तर बजेटलाई विरोध ग¥यौँ । कर्मचारी समायोजनको अध्यादेश आयो । त्यसमा हामी बोल्दैनौँ । संसद्मा अरू नेता बोल्नु हुन्छ तर सभापति र महामन्त्री बोल्नु हुन्न, उहाँहरूले बोले पो अर्थ राख्छ । महँगी, हत्या, हिंसा, बलात्कारको कुरा, सुनकाण्ड, प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने प्रयास भइरहेको छ । त्यसमा पनि नबोल्ने ।

म यो भन्दिनँ कि रेलिङ नै भाँच्नुपर्छ । राष्ट्रपतिलाई हेलिप्याड बनाउनैका लागि त्यत्रो संरचना हटाउनुपर्ने रु ५० अर्बभन्दा माथिको ’टेण्डर’ बिना प्रतिस्पर्धा प्रधानमन्त्रीले सोझै दिन मिल्छ रु लगानी बोर्डलाई कुनै काम नदिने रु वित्तीय आयोग बनाउन किन विलम्ब गरेको रु यस विषयमा काँग्रेस किन बोल्दैन रु कम्युनिष्टले सङ्घीयता चाहँदैनन्, उनीहरू जनवादी केन्द्रीयतामा विश्वास गर्छन्, सङ्घीयतालाई त काँग्रेसले अगाडि बढाउनुपर्छ । अरू विकल्पै छैन ।

जन्मँदै धार्मिक स्वतन्त्रताको उद्देश्य लिएको काँग्रेस अहिले हिन्दु धर्मको दलदलमा किन फस्यो ?

– धर्म र राजनीतिलाई एक ठाउँमा जोड्नु हुँदैन । विश्वका कतिपय देशमा धर्मले राजनीतिलाई थिचेको (डोमिनेट गरेको) पाइन्छ । मध्ययुगमा युरोपमा चर्च र जनताबीचको लडाइँ भएको इतिहास छ । जनताले जितेको इतिहास छ । धर्म मानिसको आस्था र विश्वास हो । धर्मनिरपेक्ष हुँदैन जहाँ पनि सापेक्ष हुन्छ । वी.पी.ले यही कुरालाई आधार मानेर नै नेपालको बहुधार्मिक, बहुजातीय र संस्कृतिलाई आधार मानेर धार्मिक स्वतन्त्रताको कुरा राख्नु भएको होला । अहिले हिन्दु धर्मको पक्षमा काँग्रेसमा हस्ताक्षर भएको छ, जनमत सङ्ग्रहको कुरा छ, त्यसका लागि संविधान संशोधनमा जानुपर्छ । यो लामो प्रक्रियाको कुरा हो । अहिले नै धर्मका विषयमा ठूलै परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।

धनवाद, डनवाद र नातावादले काँग्रेस ओरालो लाग्यो भन्छन् अब कसरी अगाडि जाने ?

– पहिला त हामीले आफूलाई सच्चाउनुपर्छ । यो अहिलेको नेतृत्वबाट काँग्रेसको परिवर्तन सम्भव छैन । अब हामी नयाँ शिराबाट जानुपर्छ, अहिलेको नेतृत्वबाट परिवर्तन सम्भवै छैन । विकृति र विसङ्गतिको परकाष्ठा भइसक्यो, अति हुन थाल्यो । गिरिजाबाबुको कटु आलोचक एक महासमिति सदस्यले मलाई भन्नुभयो, मैले गिरिजाबाबुलाई कहिल्यै स्वीकार गरिनँ तर गिरिजाबाबुले पैसा लिएर टिकट त बेच्नु भएन ! अहिले त खुलेआम पैसामा टिकट बिक्री भयो ।

काँग्रेसलाई परिवर्तन गर्न तपाईहरू नेतृत्व लिन तयार हुनु भएको हो त ?

– म त एकदम तयार छु । काँग्रेसलाई परिवर्तन गर्न सक्छौँ भन्नेमा दुईमत छैन । अहिलेभन्दा राम्रोसँग पार्टी चलाउन सकिन्छ भन्नेमा म दृढ छु ।

(गोरखापत्र दैनिकका लागि जुनारबाबु बस्नेत र नारद गौतमले लिएको अन्तरवार्ता । )

गोरखापत्रबाट साभार

  • ५ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ४. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ५. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ६. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा
  • ७. मुर्दावाद – कविता
  • ८. चिन्तारत बलदेव
  • ९. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • १०. ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ सार्वजनिक (भिडियोसहित)