चिन्तारत बलदेव

आजभोलि

योगीशकृष्ण

मध्य रात शुरु हुनासाथ बलदेवको फोन आयो । जन्मदिनकोे शुभकामना दिन फोन गरेको होला । उसको स्वर निराश र दुःखी लाग्दथ्यो , प्रतिपक्षी दलका नेताहरूको झैँ । उसको आवाज सुन्ना साथ धन्यवाद के दिएको थिएँ , ऊ झर्कियो “ के को शुभकामना ? जन्मिएपछि वर्षमा एक पटक जन्मदिन त आइहाल्छ नि । कुन ठूलो बात हो, यो । मुलुकमा के के भइरहेको छ ? तिमीलाई केही थाहा छ कि छैन ? ”

सोचेँ – कतै गैरन्यायिक हत्या भयो होला । कतै आमजनतामाथि ज्यादती भयो होला । हुन सक्छ सुन तस्करी भयो होला ,३३ किलो भन्दा अलि बढी नै । अपराधीहरूले उन्मुक्ति पाए होलान् । महंगी बढ्यो होला । जिम्मेवार क्षेत्रबाट संविधान र कानुन विपरीत काम भए होलान् । यी सब कुरा त सब सामान्य कुरा हुन् । यसमा चिन्ता गर्ने के काम छ ? बलदेव बेला बेलामा अनावश्यक चिन्ता गरिराख्छ  । मैले यो सब कुरा उसलाई सुनाएँ । 

“यो सब त दाजु , दैनिक कारोबार न हो । ” उसले जबाफ दियो “ म त अर्कै कुराको चिन्ताले मर्दै थिएँ ।” 

“के कुरा ”?

“कुरा के हो भने दाजु , आज सत्तारुढ दलको संसदीय दलको बैठक बस्यो ।”

म हाँसे, “ यसमा तिमी किन चिन्तित छौँ ? चिन्तित त तिनीहरू भए होलान् जो बिना जबाफदेही सरकारी काम काज गर्दै थिए । बैठकमा प्रश्न उठ्दा तिनीहरू चिन्तित भए होलान् । दुई नम्बरी व्यापारी , तस्कर , भूमाफिया , भ्रष्ट कर्मचारीको मनमा चिसो पस्यो होला । संसदीय दलको बैठक बस्यो – के ठेगान हिजो को जस्तो सुविस्ता नहुने पो हो कि ।”

“ प्रचार गर्न कुन गाह्रो काम छ ? पत्रपत्रिकामा ज्याकेट विज्ञापन दिने । पोल पोलमा पोस्टर बनाएर टाँस्ने । रेडियो टिभी मा विज्ञापन गर्ने आदि ।”

उसले हाँस्दै जबाफ फर्कायो “ उनीहरू ढुक्कै बसेका होलान् । मलाई के चिन्ता छ भने सरकारले गरेको राम्रो कामको प्रचार भएन भन्ने गुनासो सरकारप्रमुखको  थियो ।”

मैले सुझाव दिएँ “ प्रचार गर्न कुन गाह्रो काम छ ? पत्रपत्रिकामा ज्याकेट विज्ञापन दिने । पोल पोलमा पोस्टर बनाएर टाँस्ने । रेडियो टिभी मा विज्ञापन गर्ने आदि ।”

“हे दाजु , यसमा पनि मोदी दाजुकै नक्कल  गर्ने । शक्ति केन्द्रित गर्ने तौर तरिका त उताको जस्तै छ ।  नियन्त्रण गर्ने कानुन बनाउने प्रयास उताको नक्कल राम्रै भइरहेको छ । प्रचारको तरिका पनि उताको जस्तै त गर्नु भएन नि ।”

“अनि के गर्ने त?”

“मेरो त विचार छ कि गाउँ गाउँ बस्ती बस्तीमा सरकारको राम्रो कामहरू सुनाउँदै जाऊँ । जसरी हामी ३०–३५ वर्षअघि गाउँ गाउँबाट उठ भन्ने गीत गाउँदै हिड्थ्यौँ ।”

“ठिकै छ नि त । जाऊ ।”

ऊ फेरि झर्कियो “ कस्तो जाऊ नि । दाजु , तिमी त राजधानीमा बस्छौ । सब कुरा थाहा हुन्छ । मलाई भनिदेऊ न सरकारले के के राम्रो काम गरिरहेको छ ? आज साँझदेखि यही कुरा सोचिरहेको छु , दिमागमा फुर्दै फुर्दैन । 

मेरो दिमागमा पनि फुरेन । तपाइँको दिमागमा केही फुरेको छ भने कृपया बलदेवलाई बताइदिनुहोस् न । हुन त हतार छैन । अढाई तीन वर्ष त बाँकी नै छ ।

  • १७ असार २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. चिन्तारत बलदेव