एशियन कृषि समिटद्वारा १५ बुँदे घोषणा पत्र जारी

आजभोलि

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित एशियन कृषि समिट तथा प्रर्दशनी सकिएको छ ।

१५ बुँदे काठमाडौं कृषि घोषणा पत्र जारी गर्दै समिटको समापन भएको संयोजक लोकराज अवस्थीले बताएका छन् ।

जारी घोषणा पत्रमा कृषि शिक्षा, कृषिको बजारीकरण, कृषि उत्पादन तथा कृषि उद्यमशलिता गरी चार भागमा बाडेर १५ बुँदामा समेटिएको छ ।

नेपाल लगायतका एशियान देशहरुमा कृषि शिक्षा व्यवहारिका भन्दा सैद्धान्तिक बढी भएकाले युवाहरु बेरोजगार बढेको घोषणा पत्रमा उल्लेख छ ।

कृषिलाई आधुनिकीकरण, व्यसायीकरण तथा सम्मानित पेशाको रुपमा अबलम्बन गर्न उचित कार्यक्रम बनाउन सरकासँग माग गरिएको छ ।

कृषि उत्पादनसँगै बजारीकरणको समस्या देखिनुमा सरकारहरुले लिएका नीति नै मुख्य जिम्मेवार भएको रहेको जनाइएको छ ।

सरकारले बनाएका नीति किसान तथा व्यवसायीमैत्री नभएकोले उत्पादनमा कमी र बजारीकरणमा समस्या आएको उल्लेख छ ।

नेपाल लगायतका कम विकसित देशहरुमा कृषि बजार विचौलिया तथा दलालको कब्जामा रहेको उल्लेख छ । तर सरकारले उचित पहल नगर्दा कसानहरु मारमा परेको जनाइएको छ ।

नेपाल भारत लगायतका देशहरुमा कृषिमा हानीकारक विषादी प्रयोगसँगै उपभोक्ताको स्वास्थ्यमा असर बढ्दो भएकाले सरकारलाई उचित कदम चाल्न आह्वान गरिएको छ ।

कृषिमा युवा सहभागितामा बढावा ल्याउनका लागि सरकारले उचित नीति, कार्यक्रम तथा लगानी गर्न सबै सरकारसँग आग्रह गरिएको छ ।

घोषणा पत्रमा कृषि उत्पादन, बजारीकरण र उद्यमशीलतामा लगानी गर्न सरकार, नीजि कम्पनि, दातृ निकाय, संयुक्त राष्ट्र संघ लगायतका सरोकारवालाई निकायलाई आह्वान गरेको छ ।

सँगै समिटको अन्तिम दिन कृषि योगा, नेतृत्व विकास लगाएतका कार्यक्रमहरु संचालन भएका थिए ।

भारत, चीन, बेलायत, इण्डोनेसिया, नेपाल लगायतका कृषि उद्यमीहरुले अनुभव आदना प्रदान समेत गरेको थिए । 
कार्यक्रममा भारत, चीन, इण्डोनेसिया, बेलायत लगायतका ७ ओटा देशका सहभागीले भाग लिएका थिए ।

कार्यक्रममा भारत, चीन, इण्डोनेसिया, बेलायत लगायतका ७ देशका सहभागीहरुले भाग लिएका थिए ।

  • ३० श्रावण २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !