३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ सुरु

आजभोलि

३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी दिए ।

। बुधबार ३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ गर्दै उनले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाईने बताए ।

प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दावी पनि गरे ।

उनले मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पारे । प्रविधिको हस्तान्तरणको माध्यमबाट मुलुकको विकास, निर्माणको काममा योगदान पुर्याउन पनि सम्वद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिए ।

  • १६ आश्विन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !