मनाङ र मच्छिन्द्र क्लबबीचको खेलमा झगडा गर्ने ६ खेलाडी कारबाहीमा

आजभोलि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच भएको खेलमा झगडा गर्ने खेलाडी कारबाहीमा परेका छन् ।

एन्फाको अनुशासन समितिले ६ जना खेलाडीलाई कारबाही गर्ने बिहीबार निर्णय गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५ /५ खेलको प्रतिबन्ध लगाएको छ ।

झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ । यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन् । मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २/२ खेलको प्रतिबन्ध लगाइएको छ ।

जगजित र अशोकलाई हजार रुपैयाँ जरिवाना पनि गरिएको छ । मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै दुवै क्लबलाई ५०/ ५० हजार रुपैयाँ जरिबाना गर्ने पनि एन्फाले जनाएको छ।

  • २४ पुष २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !