महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर :पूर्व कप्तान पारस खड्का

आजभोलि

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारीक विक्रेता अग्नि ग्रुपले पारसलाई एक कार्यक्रमका विच ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । ब्राण्ड एम्बेस्डर वाफत पारसले एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयूभी ३०० गाडी पाएका छन ।

अलराउण्डर पारस तथा नेपाललाई एक दशक कप्तानी गरेका पारसले अग्नी ग्रुपसँग आबद्ध हुनपाउँदा खुसी लागेको बताए । उनले अग्नी ग्रुपसँग सदैव असल सम्बन्ध रहेको र यो समुहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि यसअघि ब्राण्ड प्रवद्र्धक रहिसकेको बताए । नेपाली बजारमा यो गाडीको मुल्य करिव ४० लाख रुपैयाँ रहेको छ । पारसलाई यसअघि ब्यापारी सुरज बैधले आधा दशक अगाडी पुरस्कारमा गाडी दिने बताएपनि अहिलेसम्म पाउन सकेका छैनन ।

पारसको योगदान र उनले नेपाली क्रिकेटको विकाशमा पुर्याएको योगदानले कम्पनी प्रभावित भएको र पारस सन् २००७ देखि अग्नि ग्रुपसँग सम्बन्ध रहेको थियो । ब्राण्ड एम्बेस्डर वाफत पारसले गाडी पाएकोमा खुसी लागेको बताए ।

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !