विरही मायाका डाक्टरको जीवनी ‘स्वास्थ्यका नक्षत्र डा.दीर्घसिंह बम’ विमोचित

आजभोलि

बलराम प्यासी
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यले आफ्नो जीवनको अन्त्यमा चलचित्र ‘चोट’को लागि गाएको वहुचर्चित गीत ‘विरही माया अधुरो रह्यो विर्सनु कसरी, तड्पाई दिन्छ जलाई दिन्छ, याद आउँछ बेसरी’ का रचनाकार डा दीर्घसिंह बमलाई अबदेखि उनकै जीवनीमा आधारित पुस्तक ‘स्वास्थ्यका नक्षत्र डा.दीर्घसिंह बम’ मा पढ्न पाइने भएको छ ।

सुदुर पश्चिमको डोटी जिल्लाको जमरसल्ली, बोगटानमा २००८ सालमा जन्मेका डा. दीर्घसिंह बम नेपालको स्वास्थ्य क्षेत्रका नक्षत्र मात्रै नभई नेपालको क्षयरोग नियण्त्रण कार्यक्रमलाई सफल स्वास्थ्यको कार्यक्रमको रुपमा विश्वभरी चिनाउने एकमात्र नेपाली क्षयरोगवीज्ञ हुन ।

नेपालमा क्षयरोगको उपचार,रोकथाम र नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान गरेका डा.बमले क्षयरोगीहरुको लागि प्रतिपादन गरेको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि ‘डट्स’ नेपालमा मात्रै नभई विदेशमा समेत कार्यान्वयन गरिएको थियो, जसबाट प्रति एकसयमा ८५ जनाको क्षयरोग निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो । यसै नतिजाको मुल्यांकन गरि डा.बमलाई राष्ट्रिय र अन्तराष्ट्रिय जगतबाट थुप्रै पुरस्कार प्रदान गरेको थियो ।

जन्मेहुर्केको ठाउँमा कखरा सिक्न पनि धौधौ भएकोले जीवनको पुर्वाद्ध संघर्ष गरी आफ्नो उच्च शिक्षा सकेका उनले तत्कालिन सोभियत संघबाट मेडिकल डाक्टर उतिर्ण गरी नेपाल फर्केका थिए ।

एमबिबिएस सकेपछि केन्द्रीय उर—चिकित्सालय र नेपाल क्षयरोग निवारण संस्थाको साथै राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग केन्द्र ठिमीमा ११ वर्ष प्रमुख भएर काम गरेका उनी नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको कायम मुकायम सचिवसम्म पुगेका थिए ।

डा.बम चर्चित गीतकार, समाजसेवी, कोमल हृदयवाला मानवतावादी चिकित्सक भएको कुरा उनको नाउँमा प्रकाशित गरी बुधबार सार्वजनिक गरिएको पुस्तक ‘स्वास्थ्यका नक्षत्र डा.दीर्घसिंह बम’ मा उल्लेख गरिएको छ ।

घोष्ट राईटिङ्ग तथा जनविचार पव्लिकेशन एण्ड रिसर्च सेण्टरद्वारा प्रकाशित ४८० पृष्ठ लामो उक्त पुस्तक पुर्व प्रधानमन्त्री एव्म वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले बुधबार एक समारोहका वीच विमोचन गरे । पुर्व प्रधानमन्त्री चन्दले यसअघि २०६२ पुस १० गते डा.बमको पहिलो गीती एल्वम ‘विरही माया’ लोकार्पण गरेका थिए ।

२०५४ सालको मदन पुरस्कार विजेता ‘विसर्जन’ कृतिका लेखक समेत रहेका वरिष्ठ साहित्यकार चन्दले डा.बम नेपालको स्वास्थ्य क्षेत्रका नक्षत्र मात्रै नभई सुदुर पश्चिम क्षेत्रको वहुमुल्य सम्पत्ति भएको उल्लेख गरे ।

कार्यक्रममा चन्दका साथै उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्ट, पुर्व प्रधानन्यायाधिश हरिप्रसाद शर्मा, वरिष्ठ पत्रकार टंक पन्तलगायतले डा.बमको १४ औं गीति एल्वम ‘दुनियाँ’ सार्वजनिक समेत गरे ।

त्यस अवसरमा घोष्ट राईटिङ्गको तर्फबाट डा.बमलाई अभिनन्दन गरिएको थियो ।
उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टले द्वन्दकालमा डा.बमले थुप्रै जनमुक्ति सेनाको उपचार गरेको बताउँदै डा.बम एक कल्याणकारी चिकित्सक भएको बताए भने पुर्व प्रधानन्यायधिश हरिप्रसाद शर्मा, पुस्तकका समिक्षक पुर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोरा, घोष्ट राईटिङ्गका अध्यक्ष कमल ढकाल, वरिष्ठ पत्रकार टंक पन्त तथा जनविचार पव्लिकेशन एण्ड रिसर्च सेन्टरका अध्यक्ष गोविन्दप्रसाद दुलालले प्रकाशित पुस्तक देश विकासमा खटिने युवा पुस्ताको लागि एक मार्गदर्शक हुने विचार व्यक्त गरे । वरिष्ठ संगीतकार मनराजा नकर्मीले गीति एल्वम दुनियाँको बारेमा बताएका थिए ।

कार्यक्रममा डा.बमद्वारा रचित ‘दुनियाँ’ एल्वमको गीत संगीता थापा शाक्य र सुलिन्द्र शाक्यले गाएका थिए ।

  • २२ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !