आहा रारा गोल्डकपको उपाधि मनाङलाई

आजभोलि

पोखरा । आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङले छैटौंपल्ट उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मनाङले टाइब्रेकरमा ४(३ ले जित्दा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरे।

पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध वल तामाङले मात्रै गोल गर्न सके। विजेता मनाङले १० लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

  • १ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !