सिरान टेक्नोलोजिले समाचार हटाएको स्विकार्यो, होला त कारबाही ?

आजभोलि

काठमाडौं । काठमाडौं प्रेस अनलाइनको समाचार हटाएको सिरान टेक्नोलोजिले स्विकार गरेको छ ।

उसले समाचार भुलबस डिलिट भएको भन्दै माफी समेत मागेको छ । सिरान टेक्नोलोजिले डिलिट भएको समाचार पुनः ‘रि-स्टोर’ गरेको समेत जानकारी दिएको छ ।

‘गलत सूचनाका कारण सिरान टेक्नोलोजिको प्राविधिक टीमले न्युजपोर्टलबाट उक्त समाचार हटाइएको छानविनका क्रममा पाइयो,’ सिरान टेक्नोलोजिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एउटा जिम्मेवार कम्पनीका रुपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौं ।’

काठमाडौं प्रेस अनलाईनले महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता”भन्ने समाचार प्रकाशित गरेको थियो । सो समाचार सिरान टेक्नोलोजिले हटाएको थियो ।

समाचार हटाएको स्विकार गर्ने सिरान टेक्नोलोजीलाई होला त कारबाही ?

  • २० चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !