ब्राजिलका फुटबलर रोनाल्डिन्हो रिहा

आजभोलि

ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् ।

नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ६ महिना जेल सजाय घोषणा भएका रोनाल्डिन्हो ३२ दिनमा रिहा भएका हुन् । मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ ।

रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो । तारेखमा रिहा हुनका लागि १ दशमलव ६ मिलियन डलर तिर्न नसकेपछि दुवै जनालाई जेल सजाय भएको थियो ।

४० वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए । ब्राजिलले सन् २००२ मा विश्वकप जित्दा उनी राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य थिए । फिफा प्लेयर अफ द इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

  • २६ चैत्र २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !