शालिग्राम अर्याल
भनिन्थ्यो कि उनी जंगलमा बस्थे। नजिकै गाउँतिर पसेर सग्ला र अग्ला कांग्रेस छानी छानी काट्थे। बाँकी त्रसित जनतासित जवरजस्ती चन्दा असुल्थे। विस्तारै गाउँ खाली भयाे। त्यसपछि उनी शहर पसे ,अनि राजतन्त्र ढाल्ने मेलाे पनि सके। सरकारमा गए। तर माखाे मार्न सकेनन्। प्रधान सेनापति काण्डमा आफैंलाई बलिदान दिए। तर आफैंले परिकल्पना गरेकाे संविधान आफ्नै नेतृत्वमा बनाउन सकेनन्। अनेकाैं तिकडम गरिरहे। आफ्नाे माग आफैं पूरा गर्न सकेनन्। लुटेकाे हतियार बेचिखाए। बयानमा खाेलाले बगाएकाे भने। अबाेध स्कुले केटाकेटी भेला पारेर लडाकु शिविर भरे। उनिहरुका शिविर व्यवस्थापन, निर्माण, लत्ताकपडा, औषधी, तलब भत्ता, तत्कालीन राहत लगायत अनेकौं शीर्षकमा कराेडाैं कराेड गरी अरबाैं रुपियाँ बुझे। तर ती लडाकुलाई सुक्काे दिएनन्। केही पाइने आशामा पढ्दा पढ्दैकाे स्कुल छाेडेर गाउँबाट चप्पल लगाएर आएका युवायुवती, खाली खुट्टा, भाेकाे पेट र मृत सपना बाेकेर विस्तारै गाउँ तिरै फर्के। कतिपय अरब र मलेसिया पसे। शान्ति सम्झाैता भयाे। शिविरका केही सयलाई नेपाली सेनामा हालियाे, बाँकी अयाेग्यकाे व्याच र अपमानकाे पीडा बाेकेर लडाकु शिविरबाट निष्के।
तर हिजाेआज अध्यक्ष ख सत्ताधारी ठुलाे पार्टीको एकजना अध्यक्ष छन्। अर्काे ठुलाे दलसित एकता गरेपछि त सरकार झन दुई तिहाई बहुमतकाे छ। उनी करिब ८० जना सुरक्षाकर्मीकाे पहरामा खुमलटार दरबारमा बस्छन्। छतमा हाे कि काैशीमा ननभेज पकाउँछन। परिवारमा बिरामी परे उपचार गर्न सिंगापुर, थाइल्याण्ड र अमेरिका जान्छन् । रमाउँन परे गाेठै लिएर दुवाई जान्छन् ।
तर हिजाेआज `अध्यक्ष ख´, काे लडाइँ `अध्यक्ष क´ काे सामन्तवाद विरुद्ध छ। युद्धको माेर्चा फेरिएको छ। अहिले उनलाई आफ्नै सहयात्री, सहयाेद्धा, सहअध्यक्ष कामरेडकाे सामन्तवाद विरूद्ध लड्नु छ। नेपाली जनताको नाउँमा, उनिहरुकाे मुक्तिकाे नाउँमा। हाल अध्यक्ष ख मन-मनले भन्छन, `हिजाे कांग्रेस काटें, कसैले छुन सकेन, फाटफुट एमाले र राप्रपाकाे नि बलिदिएं। अहँ कसैले चुँ सम्म गरेनन्। उनिहरु दुवैको कान समातेर सबैलाई एकठाउँमा ल्याएर राजतन्त्र फालें। कसैले चाँ चूँ गरेन। ..याे आेली .. मलाई चालीस प्रतिशत लिएर जा भन्छ। पख् न पख्।´´
त्यतिकैमा घरकाे टेलिफाेनकाे घण्टी बज्छ। पिएले उठाउँछन्। उताबाट खबर आउँछ: आज कामरेड अध्यक्ष क ले मिटिङमा बाेलाउनु भा छ। लन्च र डिनर उतै गर्नेगरी रे। अध्यक्ष ख बालुवाटार जान तयार हुन्छन।
अस्तु।
(प्रस्तुत लेखमा भएका विचार लेखकका नीजि हुन् । यसमा भएका विचारले आजभोलीको प्रतिनिधत्व गर्दैन । सम्पादक)