अध्यादेश विरूद्ध काँग्रेसले शुरू गर्यो आन्दोलन

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले लकडाउनकै बीच सरकारले ल्याएको अध्यादेश विरुद्ध सडकमा आएको छ । 

सामाजिक दूरी कायम राख्दै बानेश्वरस्थित संसद भवन अगाडि कांग्रेसका युवा नेता रञ्जित कर्णको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा उनीहरूले विवादित २ अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन ।

सो क्रममा कांग्रेस नेता कर्णले लोकतन्त्र नै संकटमा परेका कारण लोकतन्त्र दिवसकै दिन प्रदर्शन गरिएको बताए । 

जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्नु कांग्रेसको कर्तव्य रहेको भन्दै नेता कर्णले सामाजिक दूरी कायम राखेर सरकारविरुद्ध अझ कडा प्रर्दशन गरिने बताए । 

प्रदर्शनमा युवा नेता क्षितिज भण्डारी, विद्यार्थी नेताहरु ऋषि कोइराला, योगेश भट्ट, बिनोद शाही ठकुरी, महेन्द्रराज जोशी, भूपेन्द्र जोशीलगायत उपस्थित थिए ।

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !