जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताः रेणु समूह अन्यौलमा

आजभोलि

बिहीबार बिहान ११ बजेर १५ मिनेटमा जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको दर्ता नम्बर १३८८ रहेको जनाइएको ।

सरकारले दल विभाजन गर्न रातारात अध्यादेश ल्याएपछि समाजवादी र राजपाबीच बुधबार राति नै पार्टी एकता भएको थियो ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ भने झण्डा समाजवादीको र चुनाव चिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।

समाजवादीका नेताहरुले अरु बाँकी काजगता चाडै पेश गर्ने जनाएका छन् । उनीहरु अरु बाँकी प्रकृया सहज परिस्थितिभए लगत्तै टुंग्याउने जनाएका छन् ।

तर संघीय साजावादी पार्टी भित्रकै अर्को रेणु यादव समूह भने अन्यौलमा रहेको छ । हिजो राती नै ७ जना सांसदहरुले हस्ताक्षर गरी पार्टी फुटाउने सहमति भएका भने पनि त्यसको अहिलेसम्म पुष्टि हुन सकेको छैन । उनको समूहमा रहेको सुरेन्द्र यादव र एक जना अर्का सांसद मूल पार्टीमा फर्केपछि उनीसँग ४० प्रतिशत नपुग्ने भएको श्रोतको दाबी रहेको छ ।

हिजो रातीदेखि मेरियट होटलमा बसेर पार्टी फुटाउने षडयन्त्र भने अहिलेको लागि विफल भएको छ । उनी आफै अन्यौलमा रहेको उनी निकट श्रोतले जनाएको छ ।

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !