मुर्दावाद – कविता

आजभोलि

सुशील चौधरी


रोटी -बेटीको अजम्बरी
नाताको भ्रमछर्दै
निरन्तर साँध, सीमाना
छिमल्न उद्यत
कपटवाद मुर्दावाद ।
उत्तरी सीमामा
चेकपोष्ट राखेर हाम्रो
मातृभूमिको रक्षा गरिदिने
विष भरिएको
गुलकप्पा खुवाएर
झुक्याउन खोज्ने
निर्दयीता मुर्दावाद ।
सुस्ता र महेशपुर, पर्सिया,
भिम्मापुर, अनी कंचनपुरमा
सीमा मिचेर
कुटिल मित्रताको हात पसार्ने
विस्तारवाद, मुर्दावाद ।
गंगाको पवित्रता बेचेर
भारतवर्षको शासनक कहलिने
दिवास्वोप्न देख्ने
नेपाली पवित्र भुमिका
हिमवत खण्डबाट प्रवाहित हुने नदिहरु
गण्डकी, कोशी, कर्णाली
मेचि र कालीको
सतित्व हरण गर्न तम्सने
व्यभिचारवाद मुद्र्धावाद ।
सात समुद्रपारीका साम्राज्यवादीको
गुलाम भएर
शदियौ।शासितहरु
थाहा हुनुपर्ने हो
मेरो नेपाल भूमि कहिल्यै
दासता स्वीकार गरेन
लड्यो विरताकासाथ
चाहिदैन कसैको झुटो
आत्मियता
तिम्रो सदासायतावाद, मुर्दावाद ।
कोशी,शारदा व्यारेज,
टनकपुर, अनी लिपुलेक
लिम्पियाधुरा अनी कालापानीमा
नेपाली अस्मीता लुट्न
तम्सिएका छौ
किमार्थ पुराहुन दिनेछैनन्
नेपाली वीरसपुतले
तिम्रो, मिचाहा, हेपाहा
निर्लज्ज कारनामालाई मुर्दावाद ।

२०७७ जेठ ३ गते, शनिवार, बर्दिया

  • ३ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !