भुम्लुको मकैबालीमा फौजी किराको प्रकोप,किसान चिन्तित

आजभोलि

नेपालका विभिन्न भागमा अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएको गुनासो किसानहरूले गरेका छन्। 

मकैबालीमै भर पर्नुपर्ने पहाडी भेगका किसानहरू यो वर्ष अनिकाल हुने चिन्तामा परेका छन्। यकातिर फौजी कीराको प्रकोप अर्कातिर कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका कारण  मिचाहा कीरा फैलिन सक्ने सम्भावना प्रबल भएकाले अन्नबाली नराम्ररी प्रभावित हुन सक्ने र त्यसबाट भोकमरी हुन सक्ने चिन्तामा किसानहरु छन् ।

नेपालका विभिन्न जिल्लामा देखिएको अमेरिकी फौजी किराको प्रकोपले कोभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ्ग र वडा नम्बर ६ कोलाँती लगाएत धेरै वडाका किसानहरु प्रताडित भएका छन् । 

मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन् । 

सापिङ्गको उर्लेनी गाउँका अधिकांश किसानका बारीमा दोस्रो पटक गोड्ने बेला हुन लागेको मकैबाली फौजी किराले सखाप पार्न लागेको पिडित किसान तारा बहादुर कुँवरले बताए । 

वडा कार्यालय र गाउँपालिकाका जनप्रतिनिधिहरुले अमेरिकन फौजी किरा नियन्त्रणका लागि कुनै चासो नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् । वडा र गाउँपालिकाले बिषादी छर्कन सल्लाह दिएपनि विषादी गाउँमा नपाइने भएकाले समस्या भएको किसानहरुले बताएका छन् ।

विषादी लिन दोलालघाट वा पाँचखालसम्म पुग्नुपर्ने तर लकडाउनका कारण सार्वजनिक यातायात नचलेका कारण आफुहरुसँग साधन नभएकाले पैदल हिडेर जान सम्भव नभएको कोलाँतीका किसान कृष्ण बहादुर पहरीको गुनासो छ । 

  • ५ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !