नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?

आजभोलि

दिपकराज न्यौपाने

कुनै पनि राजनीति दल चिन्ने भनेको दलको सिद्धान्तले हो जसले पार्टीलाई राज्य कस्तो हुने र सिमाभित्रका जनताको सामाजिक, आर्थिक, राजनीतिक सम्बन्ध कस्तो बनाउने भन्ने कुराको दिशानिर्देश गर्दछ । नेपाली कांग्रेस एक ईतिहास बोकेको पुरानो राजनीतिक पार्टी अथवा संगठन हो ।

यस लेखनमा मैले ईतिहासको आरती उतार्ने भन्दा पनि नेपाली कांग्रेस संगठनभित्र बेलाबेलामा आउने समस्या र नेपाली कांग्रेसमा कहीलेकाँही सैद्धान्तिक धरातल हराएको जस्तो हुने कारणहरु खोज्ने प्र्यास गरेको छु । यो लेखले व्यक्तिलाई दोष दिने भन्दा पनि पार्टीको राजनीतिक र आर्थिक सिद्धान्तको बिश्लेषण गर्ने प्रयास गरेको छु ।

समाजवाद र उदारवाद

नेपाली कांग्रेसको मूल सिद्धान्त समाजवाद र उदारवाद हो, जसले पार्टीलाई दिशानिर्देशन गरेको छ । नेपाली कांग्रेसको समस्या भनेको वीपीको प्रजातान्त्रिक समाजवाद नबुझने र सिद्धान्तलाई प्रश्न नग्रर्ने, तर कांग्रेस गुटगत भयो देउवा, पौडेल वा स्वोर्गिय गिरीजा बाबु र किसुन्जीलाई जुधाएर यो राम्रो त्यो राम्रो भन्ने होडबाजी देखिन्छ । मेरो विचारमा देउवाको कृयाकलाप र अरु जो कार्यकारी पदमा वा नेतृत्वमा आए पनि त्यो कर्ताको कृयाकलाप फरक नपर्ने देख्दछु । यसको कारण भनेको समाजवाद वा उदारवाद भनेर नछुट्याउनु र फरक सिद्धान्तलाई जोड्न सकिन्छ भनेरे गरेको प्रयास कहीले प्रश्न नगरएकै कारण हो।

समाजशास्त्री चैतनिय मिश्र भन्नुहुन्छ, कम्युनिष्ट पार्टीमा कर्तालाई महत्व दिइन्छ । आजसम्म वीपीका सिद्धान्तमाथि नयाँ समय अनुसार बहस नहुनु भनेको नेपाली कांग्रेस भित्र एक किसिमको केन्द्रिकृत सामुहिकता र व्यक्तिगत स्वतन्त्रताको ठाउँ ककति हो भन्ने प्रश्न उठ्छ ।

के हो त समाजवाद , उदारवाद ,सामाजिक उदारवाद


आधुनिकउदारवादका नायक फेड्रिच हाएकले समाजवाद, उदारवादलाई राजनीतिक आर्थिक सिद्धान्त भएको बताएका छन । हामीले बुझ्न पर्ने भनेको मार्क्सवादीहरुले भन्ने समाजवाद, वीपीको प्रजातान्त्रिक समाजवाद र उदारवादको फरक हो । कुनै पनि यी सिद्धान्तले एउटा संगठनको आर्थिक र सामाजिक लक्ष्य निर्धारणा गर्दछ ।

मार्क्सवादीहरुले भन्ने समाजवाद चुनावबाट भन्दा पनि वर्ग संघर्षवाट आउने समाजवाद हो । यसले कल्पना गर्ने भनेको राज्य सामुहिक रुपले चलाउने र अर्थिक प्रणाली योजना बनाएर समाजवादको आर्थिक न्याय लक्ष्य प्राप्ती गर्ने हो । राज्यले नै के उत्पादन गर्ने र उत्पादन कसरी वितरण गर्ने भनेर योजना बनाउने गर्दछ । सबै नगरिकलाई सामुहिक रुपमा व्यक्तिगत स्वतन्त्रता छोडेर सामुहिक आर्थिक कृयाकलापमा लगाउने योजना गर्दछ । यो प्राणलीमा उत्पादन बजारको लागि नभएर प्रयोगको लागि हुँन्छ। तर यो नमूना जगतबाट लोप भइसकेको चीनबाट उदाहरण लिन सकिन्छ ।

दर्शनशास्त्री हाएकका अनुसार उदारवाद दुई प्रकारका छन् । एउटा आर्थिक उदारवाद र अर्को राजनीतिक । आर्थिक उदारवाद जुन हाएक आँफैले अधिवक्ता गर्दछन । यी उदारवादबीच फरक भन्नु पर्दा, आर्थिक उदारवादले सरकार कुनै पनि रुपमा व्यक्तिले गर्ने आर्थिक योजना भन्दा बाहिर पर्छ भन्ने बुझ्नु पर्छ भनेर वकालत गर्दछ ।

हाएकको आर्थिक राजनीतिक उदारवाद दृष्टिकोणमा राज्यले योजना बनाउनु पर्छ । जुन योजना जसले बजारमा बजारका निजी स्वतन्त्र योजनाकारलाई स्वतन्त्ररुपमा आर्थिक कारोबार गर्न सहयोग मिलोस भन्ने धराणा राख्दछ । अर्को आर्थिक उदारवाद दृष्टिकोणले भनेको बजारका कर्ताहरु स्वतन्त्ररुपमा कुनै रुपमासरकार नरही आर्थिक कारोवार गर्न पाउनु पर्छ बारे हाएकले दाबी गरेका छन् । उनका अनुसार यसले व्यक्तिको स्वतन्त्रता हरण हुनुको कारण भन्दा सरकारले प्रतिस्पर्धा नराख्ने हो भने बजारका निजी व्यक्तिहरु सँघ खोलेर बजार स्वोत्नत्रता खोस्छ ।

वीपीको समाजवादको मोडेल फ्रान्समा स्वोतन्त्रत आन्दोलनपछि राज्यले योजना बनाएर पछाडि परेकाको लागि लागू गरिएको कल्याणकारी कार्यक्रमसँग मेलखाने गरेको छ । त्यस्तै स्वीडेनमा पनि वीपीले भनेको जस्तो कार्यक्रम पाईन्छ । जस्तै, किसान र मजदुर एक भएर चुनाव मार्फत राज्य चलाऊने र राज्यले बजारबाट आएको करबाट गरीब किसानको लागि कल्याणकारी कार्यक्रम बनाउने उदाहरण पाईन्छ ।

स्वीडेनमा जस्तै वीपीको समाजवादले पनि बजारलाई स्वतन्त्र राख्ने तर चुनावबाट आएको किसान र मजदुरले राज्य उपयोग गरेर किसान र मजदुरका लागि कल्याणकारी कार्यक्रम बनाउने हो । यो विचारलाई आज प्रयोग गर्ने हो भने, यसको आजको प्रभाव भनेको कर बढ्ने र बजार मुल्य बढेर उपभोक्तालाई मार पर्ने देखिन्छ। त्यो मार सबैभन्दा धेरै भनेको जसको लागि कल्याणकारी कार्यक्रम लागू गरिएको हुन्छ त्यसैमाथि पर्न जान्छ ।

नेपाली कांग्रेसको १९९० को चुनावको घोषणापत्रमा पनि कल्याणकारी कार्यक्रमको घोषणा गरेको पाईन्छ। १९९० को घोषणापत्रको विश्लेषण गर्दा सरकारले बजारको मूल्य निर्धारणलाई प्राथमिकता दिएको पाइन्छ । जुन आफैमा पूर्णरुपमा उदारवादी सिद्धान्त होइन । देखिदैन पनि। तर पनि यस सिद्धान्तले बजारलाई जोड दिए पनि यसले मार्क्सवादी समाजवाद भन्दा फरक भने पक्कै देखाएको छ ।

सिद्धान्तले पार्टीमा पर्ने असर

वीपीको समाजवाद नेपाली कांग्रेसको विवाद रहीत सिद्धान्त रहेको छ । जसलाई हामी प्रजातान्त्रिक समाजवाद र उदारवाद भन्छौ। समाजवादको कारण नेपाली कांग्रेसले केन्द्रिकृत योजना बनाउने गर्दछ, जुन सामुहिकतामा आधारित हुन्छ । यसले कम्युनिष्ट पार्टीको झझल्को दिने निश्चित छ। लक्ष्य सामुहिकका निर्णयमै पुग्ने हो । तर आज नेपाली कांग्रेसले सामुहिकको नाममा कहिले फरक विचार भएको कुरालाई सामुहिक बनाएको उदाहरण छैन् ।

नेपाली कांग्रेस भित्र वैचारिक रुपमा दुई समूहमा बाँडिएको छ । एक परम्परगत । अर्को अग्रगामी । हामी पार्टीको केन्द्रीय कमिटिबाट पार्टीगतहितको आशा गर्न सकिदैन् । र स्वतन्त्रता नीतिको आशा गर्न सकिदैन ।

उदाहरणका लागि नेपाली कांग्रेसले लिएको पछिल्लो विकास नीति हो । अहिले नेपाली राजनीतिलाई तरंगित बनाएको योजना हो एमसीसी हो । जसको अगुवाई नेपाली कांग्रेसको सरकारले गरेको हो । तर अमेरिकाको एमसीसी पारित गर्ने निर्णय गरेर हरेक कांग्रेसका शुभचिन्तकले त्यसलाई बोक्नु पर्ने देखियो । जुन प्रजातन्त्रको खिल्ली हो । पहिले पार्टीभित्र छलफल गरेर बिभिन्न फरक विचारलाई सामुहिक बनाउने भन्दा दुइ चार जनाको केन्द्रिकृत सामुहिक निर्णयले एकमत बन्ने काम रोकेको छ । यो त केवल एक उदाहरण हो । यस्ता कयौं उदाहरण छन् ।

अर्को सामुहिक केन्द्रिकृत कम्युनिष्ट जस्तै योजना भनेको केन्द्रको योजना आँखा चिम्लेर तल्लो कमिटिले मान्न पर्ने वाध्यता छ । यसलाई कसरी प्रजातान्त्रिक प्रणाली वा पद्धति मान्ने ? विकेन्द्रीकरण भएका कमिटिको स्वतन्त्रतता कता खोज्न जान्ने ? अब हामीले मनन गर्नु पर्ने देउवा र पौडेललाई गाली गर्ने की सिद्धान्तलाई ? वा, पार्टीको कमजोरी र पद्धतिलाई दोष दिने ? सोचनीय विषय बनेको छ ।

अबको बाटो

वीपीले सिद्धान्त बनाएको समयमा प्रयोग गर्न थोरै समय थियो । तर नेपाली कांग्रेसले धेरै प्रयोग गरेपछि जसरी केन्द्रिकृत योजनाले लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रतामा खतरा देखेपछि केही परिवर्तन गर्नु पर्ने देखिन्छ।

अब नेपाली कांग्रेसले की त उदारवादको बाटो कीत समाजवादको बाटो लिनु पर्छ । मेरो विचारमा प्रजातन्त्रको लागि लडेको नेपाली कांग्रेसले समाजवाद कल्पना गर्न नसक्ने हुँदा अबको बाटो राजनीति आर्थिक उदारवादको बाटो नै उत्तम विकल्प हो । यो नै हो भनेर मैले निधो गरे भने, फेरी अरुको स्वतन्त्रता हनन् हुने भएकाले उदारवादको वरीपरी रहेर वैचारिक बहसका लागि मैले सबैको लागि ठाउँ यो लेखमा छोडेको छु । तर पार्टीको सिद्धान्तको बहसलाई जीवन्त बनाउनु ढिला गर्नु हुँदैन भन्ने मेरो बुझाई हो ।

  • ८ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ४. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ५. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ६. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा
  • ७. मुर्दावाद – कविता
  • ८. चिन्तारत बलदेव
  • ९. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • १०. ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ सार्वजनिक (भिडियोसहित)