समाजशास्त्र एमफिल दोस्रो सेमिस्टरका विद्यार्थीद्वारा रुकुम घटनाको निश्पक्ष छानबिनको माग

आजभोलि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगत समाजशास्त्र विषयको एमफिलको दोस्रो सेमिस्टरमा अध्ययनरत विद्यार्थीले रुकुमपश्चिम घटनाको स्वतन्त्र छानबिनाको माग गरेका छन् । विद्यार्थीहरुले मागसहितको प्लेकार्डसहितको फोटो र भिडियो सन्देश मार्फत निश्पक्ष छानबिन माग गरेका हुन् ।

उनीहरु सबैले प्लेकार्डमा विभिन्न नाराहरु तथा मागहरु लेखेर फोटो मार्फत आफ्नो सरोकार व्यक्त गरेका छन् । विद्यार्थीले विभिन्न नाराहरुसहितको सामुहिक फोटो सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका छन् । जुन बिरोध गर्ने शोली नौलो देखिएको छ ।

डिजिटल प्लेकार्डमा उनीअरुले रुकुम घटानको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गरियोस, अमानवीय कार्य बन्द गरियोस्, जातीय आधारमा हुने सबै विभेदको अन्त्य गरियोस भन्ने लगायतका नारासहतिका प्लेकार्ड बोकेको फोटो सबैले आआफ्नो फेसबुक, ट्वीटरलगायतका सामाजिक संजाल पोष्ट गरेर बिरोध जनाएका छन् । विद्यार्थी संगठनहरु रुकुम घटनाको बारेमा मौन रहेको बेला समाजशास्त्रका विद्यार्थीको यस कदमलाई स्वागतयोग्य भएको बताइएको छ ।

फोटोसँगै रुकुम घटनाको बारेमा एउटा भिडियो सन्देश पनि सार्वजनिक गरिएको छ । जसमा भनिएको छ ”यही २०७७ जेठ १० गते पश्चिम रुकुमको चौजहारीमा घटेको दुखद,अमानविय तथा भत्सर्नायोग्य घटनाको बारेमा यहाँ सबैलाई थाहा नै छ । सामान्य अवस्थामा जातीयताको आधारमा जाजरकोटका नवराज विकसहित युवामाथि पश्चिम रुकुममा नियोजित रुपमा जुन घटना घटाइयो, यो आधुनिक मानवसमाजका लागि लज्जाको विषय हो । ”

भिडियो सन्देशमा अघि भनिएको छ , ”यो २१ औशताब्दिको नेपाली समाजमाथिको कालो धब्बा हो । कानुनी शासनको बरखिलाप हो । आतः यो विषय हामी सबैको सरोकारको भएकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषि उपर कानुनी कारबाही होस भन्ने हामी सबैको माग हो । यस अपराधमा संलग्न जोकोही पनि कुनै बाहानामा नउम्किउनु र कानुनी कठघेरामा ल्याइनुपर्छ भन्ने हामीसबै साझा सरोकार हो । ”

रुकुम पश्चिम चौरहजारीको सोतीमा भएको घटनामा ५ जनाको मृत अवस्थामा भेटिएको छन् भने एक जना अझै पनि वेपत्ता रहेको रुकुम प्रहरीले जनाएको छ ।

यो घटना आधुनिक समाज र कानुनी शासनका लागि लज्जाको विषय बन्दै आएको छ । प्रतिपक्षले सांसदमा घटनाको बारेमा जानकारी मागपछि गृहमन्त्री राम बहादुर थापामागरले सांसदमा बोल्दै दोषीमाथि कारबाही गरिने बताएका थिए । तर पनि देशभरी उक्त घटनालाई लिएर चर्को बिरोध भइरहेको छ ।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !