युवा अधिकारकर्मीले भने, रुकुम घटना आधुनिक समाजको कालो धब्बा

आजभोलि

काठमाडौं । युवा अधिकारका क्षेत्रमा क्रियाशील करिव दुई दर्जन सामाजिक संघसंस्थाहरुले रुकुम पश्चिममा भएको घटनाको निष्पक्ष अनुसन्धानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

अन्तरजातीय प्रेमका विषयमा रुकुमपश्चिम चौरहजारी नगरपालिक वार्ड नम्बर ८ सोतीमा भएको मानवहत्यासहितको घटनालाई राजनीतिक संरक्षण नदिई निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्न अधिकारकर्मीहरुको माग छ ।

कथित उपल्लो जातकी युवती र दलित समुदायका युवकबीचको प्रेमका विषयलाई लिएर केटी पक्षको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ भने एक बेपत्ता छन् । जेठ १० गते प्रेमिका लिन साथीहरुसहित नवराज विक सोती पुगेका थिए । तर स्थानीयको आक्रमणमा परी नवराज र उनीसँगै गएका चार जना साथीको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन् ।

अधिकारकर्मी युवाहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै राज्यको विभेदकारी नीति तथा अमानविय सामाजिक संरचनाको कारणले दलित समुदायको शक्ति संरचनामा प्रतिनिधित्व र पहुँच निकै कम रहेकाले मृतक नवराज विक र उनका साथीहरूलाई गलत देखाउने मनसायले विभिन्न खालका कुतर्क गरी गलत ब्याख्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले घटनामा राजनीतिक संरक्षणको आशंकासमेत गरेका छन् ।

‘घटनाको प्रकृति हेर्दा यो अमानवीय तथा मानवीय कलंकको रुपमा रहेको जातीय छुवाछुतको आधारमा भएको घटना हो भन्ने प्रष्ट देखिन्छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी रुकुम घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गरी घटनामा संलग्न जोकोहीलाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं । उक्त घटना घटेपछि अझै पनि वेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजी गरी पीडितलाई न्याय प्रदान गर्न र आगामी दिनमा यस प्रकारका घट्ना घट्न नदिन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

जाजरकोट भेरी नगरपालिका वार्ड नं ४ का नवराज विकसहित १८ जना युवामाथि पश्चिम रुकुम चौरहजारीमा सोतीका वार्ड अध्यक्ष सहितले आक्रमण गरेको उनीहरुको दावी छ । कानुनले नै जातीय विभेद र छुवाछुतलाई बन्देज गरेपनि आधुनिक समाजमा जातका नाममा छुवाछुतजन्य घटना हुनु मानवजातीकै लागि लज्जाको विषय भएको अधिकारकर्मीको भनाई छ । ‘मानव सभ्यताका लागि यो कालो धब्बा हो । रुकुम घटना यसको पछिल्लो प्रतिनिधिमुलक उदाहरण मात्र हो,’ उनीहरुले भनेका छन् ।

ऐक्यबद्धता जनाउने संघ संस्थाहरु

 नरेन खतिवडा, युथ एड्भोकेसी नेपाल
 दिपक सोनी, ग्रासरुट्स डेभलपमेन्ट फाउन्डेसन
 जगदिस ऐर, आयोन
 योगेन्द्र विजय दाहाल, साडेड नेपाल
 दया सागर श्रेष्ठ, दिगो विकास राष्ट्रिय अभियान नेपाल
 सुजन घले, राष्ट्रिय युवा महासंघ नेपाल
 महेन्द्र थापा, राष्ट्रिय अपाङ्ग युवा संजाल नेपाल
 लोकराज अवस्थी, फोर एच नेपाल
 एलएन दवाडी, हरियाली संस्था
 हरी देवकोटा, एकिकरण नेपाल
तुलसी देवकोटा, नाफान
राम रोहन पन्त, ग्लोवल पिस फाउन्डेसन
प्रितिका कुमाल, फिमेल युथ नेपाल
सुन्दर सेनी, दलिय युथ एलाईन्स
प्रविन कुमार रेग्मी, युनाईटड युथ फर वल्ड पिस
तिलोतम पौडल, जेसीवाईसियन
भक्ती शाह, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको विद्यार्थी मंच नेपाल
संजोग ठकुरी, हामी दाजुभाई
सुलभ वराल, युवा
पम्फा परियार, एडवान
राजेस घिमिरे, युवाको साथ साथ आवाज
सन्तोष मर्हजन, युवालय

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !