गजल

आजभोलि

रातो रिबन, मीठो–नारा बजेटमा चाइने भो
सबैतिर छर्नलाई झण्डै पन्ध्र खर्ब पाइने भो

छिट्टै कोरोना हट्ने अरे नमर्ने रे बिरामी भई
सुलभ स्वास्थ्यको रागमा बजेटगान गाइने भो

निर्ब्याजी ॠण, अनुदान, मलबीऊ र रोजगारी
आफैंमा भर पर्न यो साल खेतीपाती लाइने भो

घटाए नि रोक्न हुन्न रे स्थानीयमा बाँडचुँड
विकास हेर्न मुख फेरि सांसदतिर बाइने भो

पोहोरझैं बढेकै छ खाडल खर्च-आम्दानीको
ढिकुटी भर्न उही धोक्रो लिई वरपर धाइने भो

-विनोद वावु
राप्ती–४, भण्डारा, चितवन (हाल- कलङ्की, काठमाडौं)

  • १८ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !