तरकारी र फलफूल नष्ट गर्नेलाई कारवाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन

आजभोलि

काठमाडौं । कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशका बिभिन्न स्थानमा ठूलो मात्रामा कृषिजन्यबस्तु नष्ट गरिएको भन्दै तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोरोनाबाट समस्यामा परेका किसानलाई आवश्यक राहत तथा क्षतिपूर्ति दिन निर्देशन दिएको छ भने वास्तवितक कृषकलाई उत्पालनका आधारमा सरल ढंगले अनुदान उपलव्ध गराई कृषकहरुलाई बिउ तथा मल र नविनतम प्रविधी समयमा नै उपलव्ध गराउने र कृषकको लागतको आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरि बजारीकरण गर्ने व्यवस्था गर्न पनि सरकारलाई दिर्नेशन दिएको छ ।

बैठकले कोरोनाका कारण समस्यामा परेका पोल्ट्री किसानहरुलाई सामान अभावका बहानामा गुणस्तरहीन सामान बेचेको देखिएको भन्दै कुखुरापालक किसानलाई गुणस्तरीय दाना उपलव्ध गराउन दाना उद्योगीलाई आग्रहका साथै गुणस्तरको अनुगमन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिइन् ।

बैठकमा कृषिमन्त्री घनश्याम भूषालले किसानलाई राहत दिने गरि एक्सन प्लान बनिरहेको जानकारी दिए । उनले किसानलाई मल उपलब्ध गराउने, बजारीकरण गर्ने लगायतमा सरकार केन्द्रित रहेको भन्दै निराशा हुनुपर्ने अवस्था नरहेको तर्क गरे । त्यस्तै गृहमन्त्री रामबहादुर थापाले तरकारी र फलफूलको ओसारपसारमा अवरोध नहुने भन्दै अवरोध गर्नेलाई कारवाही गरिने बताए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक खाद्य बस्तुको निर्यातमा कुनै अवरोध नहुने बताए । उनले आधारभूत खाद्य बस्तुको ढुवानी र आपूर्ति रोक्नेलाई कारवाही गर्ने उल्लेख गरे । समिति बैठकले लकडाउनको बेला खाद्यबस्तुमा हुने गरेको मिसावट रोक्न र निरन्तर अनुगमन गर्न उद्योग मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !