गण्डकीमा थप २४ जना कोरोना पुष्टि,संक्रमितको संख्या १४४ पुग्यो

आजभोलि

पोखरा। गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्तिमार्फत थप २४ जनामा संक्रमण देखिएको जानकारी दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा नवलपरासी पूर्वका १२, बागलुङका ११, र म्याग्दीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ । यसमध्ये ४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

संक्रमितहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

  • २७ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !