महाधिवशेनलाई लक्षित गरेर नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको तयारी

आजभोलि

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारीकाबीच पनि पार्टीको आशन्न महाधिवेशनको तयारीलाई तिव्र पार्ने निर्णय गरेको छ ।

बुढानिलकण्ठस्थित पार्टीसभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आशन्न महाधिवेशन, कोरोना महामारीले पुर्याउने असरकाबारेमा छलफल गर्दै महाधिवेशनको तयारीलाई तिव्र पार्ने निर्णय गरेको हो । बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको थियो ।

आगामी महाधिवशेनलाई लक्षित गरेर हाल कायम संख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको तयारी छ । बैठकमा पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १३ औं महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४ औं महाविधेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता कार्यकर्ताहरुको समायोजनलगायत विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले कोरोना महामारीकाबीच सरकारले यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको निष्कर्ष पनि निकालेको छ भने पीसीआर परिक्षण बढाउनुपर्ने मागसहित अनसनमा बसेकाहरुको माग पूरा गर्नुपर्नेमा पनि कांग्रेसको जोड रहेको प्रवक्ता शर्माले बताए ।

बैठकमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिले गठन गरेको बिभाग खारेज हुनुपर्ने अडान राखेका थिए । उनले जिल्लामा समायोजन सकिएकालाई फोरम दिनुपर्ने, पार्टी प्रवेशका लागि वडाबाटै सदस्यता दिनुपर्ने, भातृसंगठनको म्याद थपलाई पुनर्विचार गर्नुपर्ने माग रहेको जानकारी दिए ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !