कांग्रेस सभापति देउवाद्वारा १२ विभागमा झण्डै ५ सय सदस्य मनोनित

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२ वटा विभागमा करिब पाँच सय पार्टी सदस्यहरुलाई विभागको सदस्यमा मनोनित गरेका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका असन्तुष्ट पक्षका नेताहरुले विधानको प्राधान अनुसार ६ महिनाभित्र गठन हुन नसकेका विभाग अधिवेशनको अगाडि गर्न नमिल्ने अडान लिँदै नेतृत्वलाई दबाब दिँदै आएपनि सभापति देउवाले आइतबार साँझ १२ वटा विभागमा आफ्नो तर्फबाट सदस्यहरुको मनोनित गरेका हुन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, सभापति देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कांग्रेस केन्द्रीय विभागहरुमा देहायका उपप्रमुख/सचिव/सदस्यहरु मनोनयन गरेका हुन् ।

पार्टी नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित संगठन विभागको सचिवमा झापाका विनकुमार विश्वकर्मा मनोनित भएपनि उक्त विभागको उपप्रमुखमा कोही पनि नियुक्ति गरिएको छैन ।

नयाँ विधान अनुसार संयोजक सहित ५१ सदस्य रहने विभागमा सभापति देउवाले यसअघि पौडेल पक्षले सहमति जनाएमा पार्टीभित्रको गुटगत हिस्साको आधारमा ६०/४० अर्थात आफ्नो तर्फका ३० जना सदस्य मनोनित गर्ने तयारी गरेका थिए । तर, पौडेल पक्षले विभागमा कुनै सहभागीता नजनाउने बताउँदै विभागको औचित्यमाथि नै प्रश्न उठाएपछि देउवाले अधिकांश विभागमा ४० जनाको हाराहारीमा मनोनित गरेका छन् ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !