सुनको मूल्यमा व्यापक गिरावट,एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घट्यो

आजभोलि

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ ।

बुधबार एकै दिन सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ४३५ रुपैयाँ प्रतितोला रहेको थियो ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !