गौरा पर्वको समाजशास्त्रीय महत्व

आजभोलि

लोकराज अवस्थी

पूर्वपश्चिम, हिमाल, पाहाड तराई सबैका आ–आफ्ना तर फरक फरक चालचलन तथा संस्कृतिहरू छन्, जसले आ–आफ्नो समाजलाई एकताको सुत्रमा बाँधेको छ । आपसमा सद्भाव कायम गरेको छ । जुन नेपालीको पहिचान बनेको छ । यहाँ कुरा गर्न खोजिएको प्रशंग हो, सुदूरपश्चिममा मनाइने गौरा पर्वको। देशका अन्य भू–भागजस्तै सुदूरपश्चिम क्षेत्रको पनि आफ्नै अलग्गै कला, भाषा, तथा संस्कृति रहेकोछ । जुन आफैमा महत्वको विषय बनेको छ । यो विकास क्षेत्र विकास तथा अन्य क्षेत्रमा फड्को मार्न नसके पनि संस्कृतिका हिसाबले निकै धनी छ । यहाँ प्रायःजसो चाड पर्व हिन्दु धर्म तथा परम्परामा आधारित छन् । सुदूरपश्चिममा मनाईने बिषु, माघे संक्रान्ति, भस्सो (भूवा), दशैतिहार तथा गौरा पर्व मुख्य हुन् । सबै पर्वहरूको आफ्नो महत्व भए पनि गौरा पर्वको अलग्गै ठूलो महत्व रहेको पाइन्छ । यो पर्व मनाउने विधी तथा प्रकृया मौलिक तथा अलग्गै छ । यो पर्वलाई सुदूरपश्चिमको दशै भनेर पनि चिनिन्छ ।

गौरा दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी, बझाङ, अछाम र कैलाली तथा मध्य पाहाडी जिल्लाहरू हर्ष उल्लासमय तरिकाले मनाइन्छ । हिन्दु धर्ममा आधारित भएकोले गौरा पर्व नेपालमा मात्र नभएर भारतका कुमाँऊ, हिमालय प्रदेश, कन्या कुञ्ज, गुजरात, आदि क्षेत्रमा पनि मनाइन्छ । वास्तवमा, यस क्षेत्रका पाहाडी जिल्लामा गौरा पर्व मौलिक रूपमा मनाइन्छ । जिल्ला अनुसार मनाइने विधि फरक फरक छ । तर, कैलाली तथा कञ्चनपुरमा भने मिश्रित रूपमा मनाइन्छ । पछिल्लो वर्ष काठमाण्डौ तथा अन्य क्षेत्रमा पनि गौरा पर्व खेल्न चलन बढेको छ । नेपाल सरकारले पनि एक दिन राष्ट्रिय विदा दिएको छ । बिस्तारै राष्ट्रिय पर्वको रूपमा विकास भइरहेको छ ।

गौरा विशेष गरी भाद्र महिनामा पर्छ । तर तिथी अनुसार कहिले साउन र कहिले असोजमा पनि पर्छ । अधिकांश ठाउँमा सप्तमीमा गौरा घर भित्र ल्याउने र अठ्वालीको भोलीपल्ट गौरालाई बिर्सजन गर्ने चलन छ । तर यसमा भने एकरूपता पाइदैन् । कुनै ठाउँमा पाँच दिनसम्म, कुनै क्षेत्रमा सात या दश दिनसम्म पनि गौरा पर्व मनाइन्छ । गौरा पर्व लम्ब्याउनुका करण डेउणा लामो समयसम्म खेल्नु हो । दिनभरी काम गरी रातभरी देउणा खेल्ने गरिन्छ । गौरा पर्व महिलाहरूले मात्र मनाइने पर्व हो । गौराको सबै प्रकृया तथा विधिमा महिलाको मात्र सहभागीता रहने गर्दछ । तर, पुरूषले डेउणा, चैत (एक प्रकारको खेल), धुमारी लगायतका परम्परागत खेल भने खेल्ने चलन रहेको छ ।

गौरा (गोःरा) कहिलेदखि मनाउन थालिएको हो भन्ने एकिन तथ्य कतैं भेटिदैन् । यो पर्व गौरी, महेश्वर र हिमालय पर्वतसँग जोडिएकाले परापूर्वकालदेखि मनाउँदै आएको हो भन्ने अनुमान गर्न सकिन्छ । धार्मिक कथा अनुसार पार्वतीले भगवान शिवलाई पति पाउँ भनी ब्रत लिएको र सो ब्रतपछि पार्वतीले शिवजी पति पाएको भन्ने विश्वासमा गौरी अर्थात गौराको उपासना बसी ब्रत लिन थालेको भनाई छ । तर यो भनाईसित गौरा मनाउने तरिका भने त्यति मेल खादैन् । किनभने गौरामा विवाहति महिलाले ब्रत बस्ने चलन छ । तर, गौरा बनबाट घरभित्र अविवाहित कन्याले ल्याउँने गरिन्छ । यस तथ्यलाई आधार मान्दा गौरीले विवाह हुनु भन्दा पहिले शिवजी पाउँ भनी ब्रत लिएको र शिवजी पति पाएपछि पतिको दिर्घायुको लागि ब्रत बसेको अनुमान लगाउन सकिन्छ । किनभने गौरा अविवाहित कन्याले भित्र्याउने तर पूजा र ब्रत चाही विवाहित महिलाले मात्र बस्ने तथ्यले यसलाई पुष्टि गर्दछ । गौराको ब्रत बस्ने महिलाले पतिको दिर्घायुको कामना गर्दछन् ।

गौरा पर्व भाद्र शुक्ल पक्षमा प¥यो भने उज्याली गौरा र कृष्ण पक्षमा प¥यो भने अन्यारी( अध्यारी) गौरा भनिन्छ । पहिलोचोटी गौराको ब्रत बस्नका लागि उज्याली गौरा उत्तम मानिन्छ । गौराको ब्रत बस्नुको अर्थ पुरूषको जनै जस्तै महिलाले देब्धागो लगाउनु हो । यो विवाहित महिलाका लागि अनिवार्य हुन्छ । दुब्धागो लगाएपछि लुगा फेरेर खाने (भान्सा खाने) र चोखो भइन्छ भन्ने मान्यता रहेको छ । दुब्धागोमा दुबोसहित सातओटा रंगका धागोहरू हुन्छन् । विवाहित महिलाले शौैभाग्यको प्रतिकको रूपमा दुब्धागो लगाउँने गरेको धार्मिक पुराणमा वर्णन गरेको पाइन्छ । सातओटा रंगहरूलाई विभिन्न देवताको प्रतिकको रूपमा लिइन्छ । उदाहरणका लागि कालो रंगलाई महाकाली, रातो रंगलाई लक्ष्मी, सेतो रंगलाई सरस्वतीको प्रतिकको रूपमा लिइन्छ ।

गौरा भाद्र पञ्चमीको दिनबाट सुरू हुन्छ । पञ्चमीका दिन बिरूणा भिजाउने गर्दछन् । जसलाई गौरा पर्वमा शुभ संकेतको रूपमा लिइन्छ । बिरूणामा पाँचवटा अन्नहरू केराउ, गुराँस, मास, गहत र गहुँको मिश्रण हुन्छ । गाउँभरीका महिलाहरू पधेरोमा जम्मा भई सगुन (भक्ति गीत) गाउँदै बिरूणा धुने गरिन्छ । विरूणा धुनलाई उपासना बस्ने चलन छ । तर, गाउँमा जुठो परेमा (मान्छे मरेमा) बिरूणा राखिदैन् । सुत्केरी तथा महिनाबारी भएकोे घरमा पनि बिरूणा राख्ने चलन छैन् । बिरूणलाई भगवानको प्रसादका रूपमा लिने भएकाले चाखो भएर मात्र राख्ने चलन छ ।

सप्तमीको दिन गौरा पर्वको महत्वपूर्ण दिन हो । किनभने गौरा भित्र्याउने दिन हो । सप्तमीको दिन अविवाहित छोरीचेलीहरू पाखामा उम्रेको धानको बिरूवा, सावा, दुबो, तिल र कुशबाट निर्मित मानवाकृर्ती गौरा अर्थात पार्वतीको मूर्ती निङ्लाको डालोमा गौरा घरमा भित्र्याइन्छ । गौराको हात र टाउको साँवा मोडेर बनाइन्छ । बाहिरबाट रेशमी कपडाले सजाइन्छ । गौरालाई गौराघर (गोरेघर) भित्र ल्याइसकेपछि पूजा कोठमा राखिन्छ । दिउँसो १२ बजे पछि धार्मिक चलन अनुसार सप्तमीको ब्रत बसेका विवाहित महिलाहरूले महादेव तथा गणेशको मूर्तिलाई थालीमा राखेर पूजा गर्दछन् । सप्तमीको प्रतिकका रूपमा सातवटा गाँठा ( सात ठाउँमा बााधेको) भएको धागोको डोरी सप्तमी धागो लगाएपछि मात्र खाना खाने चलन रहेको छ । सोही रातभरी गौरा खेल्ने ठाउँ (खलो¬) मा सबै जना भेला भई रातभरी जाग्राम बस्छन । व्रतालु महिलाहरूले विभिन्न देवी देवताको कथा वाचन, फाग तथा सगुन गाउँने गर्दछन् ।

गौराको दोस्रो दिनलाई अठ्वाली भनिन्छ । अष्टमीको दिन तथा अठवालीको समापनमा सबैले उक्त मूर्तिमा नयाँ दुब्धागो लगाउँ‘छन । पुरानो दुब्धागो त्यही गौराको मूर्तिमा बाँधेर अन्तिम दिन गौरासँगै समापन गर्दछन् । अठ्वालीको दिन सगु्न र फाग स्थानीय भाकामा गाइन्छ । अठवाली गाउनलाई एक घण्टा देखि लिएर तीन घण्टासम्म समय लाग्दछ । सगुन र फाग सिङ्घो मानवीय जीवनको परिष्कार र परिपक्ताका लागि गाइन्छ । गौरापूजा गर्दा महादेव मूर्तिलाई पूजा सामाग्रीले सजाइएको हुन्छ । सप्तमीमा भित्र्याएको गौरा अष्टमीको दिन विधिवत रूपमा पाठपूजा गरी बाहिर ल्याइन्छ । गौरा बाहिर ल्याइ सकपछि महिलाहरूले गौरा नाँच नाच्ने तथा फाग सगुन गाउछन् । गौराको पाठपूजा गरी सकेपछि बेलुकी गौरालानई पुनः गौराघर भित्र राखिन्छ । अष्टमीको दिन पनि महिलाहरू उपासना बस्ने गर्दछ ।

प्रायः जस्तो ठाउामा गौराको तेस्रो दिन समापन (सेलाउनु) गर्दछन् । गौरा सेलाउनु भन्दा अगाडि गौरामा चढाएका फलपूmल तथा बिरूणा सफा चँधरमा राखी आकासतिर फालिन्छ । स्थानीय भाषमा यसलाई फलफड्काउनु भन्ने गरिन्छ । फालिएका फल भुइमा नखस्दै आकासबाटै समात्न सक्यो भने मनले सोचको पुरा हुने विश्वास छ । यसकारण आकासतिर फल फालेपछि समात्नलाई मानिसको घुइचो लाग्छ । अन्तमा गौरालाई पवित्र धार्मिक स्थलमा समापन गर्दछन् । गौरालाई एक वर्षका लागि विदाई गरेपछि रातभरी डेउडा खेल खेल्छन् ।

गौरा समापन (सेलाएको) दिन महिलाहरूले बिरूणाले परिवार तथा आफन्तको शिरमा पूजा गरी दिर्घायुको कामना गर्दछन् । बिरूणाले पूजा गर्ने कार्य सम्पन्न भए पछि औपचारिक रूपमा गौराको व्रत समापन भएको मानिन्छ । पञ्चमीको दिन भिजाएका बिरूणा भुटेर खाने गरिन्छ । बिरूणालाई गौरा देवीको प्रसादका रूपमा लिने गरिन्छ । बिरूणलाइ आफन्त तथा स्टमित्रलाई बाँडिन्छ । जसले एक अर्काप्रतिको रिसराँग हटाई आत्मियता वढाउँछ ।

गौरा पर्वमा महिला र पुरूष दुबैका लागि महत्वपूर्ण पर्व हो । महिलाहरूले गौरा भित्र्याउने तथा पूजा गर्ने गरे पनि पुरूषहरूले पनि डेउडा, चैत ( स्थानीय लयमा भगवान तथा बीर पुरूषका विरताका गाथा गाउने तरिका), धुमारी, छलो ( हात तथा खुट्टाको प्रयोग गरी युद्ध कौसल प्रर्दशन गर्ने कला) लगायतका खेलहरू खेल्छन् । कुनै ठाउमा पुरूष पुरूष बीच डेउडा खेलिन्छ भने कुनै कुनै ठाउँमा महिला तथा पुरूषको बीचमा डेउडा खेल्ने गर्दछन् । गौरा सुरू हुनु भन्दा एक महिना अगाडिदेखि नै राती डेउणा खेल्ने गरिन्छ ।

गौर पर्वलाई सरसर्ती हेर्दा सांस्कृति पर्वका रूपमा मात्र हेरिन्छ । तर यस पर्वले समाजिक एकतालाई मजबुत बनाउने काम गरेको छ । समाजलाई एत्रसुत्रमा बाँधेको छ । समाजको संरचनालाई बलियो बनाइ एकसुत्रमा बाँधी सामाजिक सद्भाव कायम राखेको छ । घरपरिवार धान्नका लागि वषर््ाभरी भारतका विभिन्न शहरमा काम गर्न गाउँलेहरू घर फर्कनछन् । विविाह गरेका चेलीहरू माइती आउाछन् । परिवारमा खुशी आउछ । गौरा सामूहिक रूपमा मनाउने पर्व भएकाले यसले समाजिक सद्भावलाई पुर्नताजकी गर्दछ । देउणा, चैत तथा धुमारी जे खेले पनि यी सबै सामुहिक खेल हुन् । एकअर्कासँग अंगाले मारेर खेल्ने गरिन्छ । जसले हामी एक हौ भन्ने सन्देश दिन्छ । महिलाले खेल्ने खेल तथा गाउने फाग तथा सगुन पनि सामुहिक रूपमा खेलिने वा गाइने गरिन्छ । जसले समाजिक आत्मियता बढाउछ । वर्षभरी तितामिठा जे भए पनि गौरा पर्वमा सबैलाई बिर्साइदिन्छ । नयाँ ताजा सम्बन्ध जोडि दिन्छ । जसले एकताको सन्देश दिन्छ । गौराले आपसमा रहेका तिक्तालाई पनि हटाइदिन्छ ।

खान नपाउनेहरू पनि गौरामा मिठो खान्छन् । वर्षभर फाटा लुगा लगाउनहरूपनि उक जोर नयाँ लुगा लागाउँछन् । जसले समाजमा सबै समान भएको देखाउछ । अर्को महत्वपूर्ण कुरा यदि गाउँमा कुनै मानिस मरेमा त्यो वर्ष गौरा ल्याइदैन् । त्यो वर्ष सबैले दुख साटासाट गर्दछन् । यसले गाउँलेमा भएको आत्मीयतालाई झल्काउँछ । एकको दुख सबैको दुख हो । दुख र सुख सबै बरारबर साटासाट गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दछ । यसबाट के पुष्टि हुन्छ भने गौरा पर्व सामाजिक एकता तथा सदुभावको पर्व हो । यसले समाजलाई एकताको सुत्रमा बााधेको छ । संस्कृति, भाषा चलनको संरक्षणसँगै समाजिक सद्भाव पनि कार्यम राखेको छ । समग्रमा, गौरा पर्वले सामाजिक एकता, पारिवारिक मिलन तथा भाषा संस्कृतिको संरक्षणका लागि अतुलनीय योगदान पु¥याएको छ ।

 

  • ९ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !